शाहरुख खान विरुद्ध काजोल


हुन त काजोलले शाहरुखसंग धेरै नै हिट फिल्म खेलेकी छिन् तर  उनको हेराई किंगखान प्रति सकारात्मक भने रहन छोड्यो । कुनैबेला उनी शाहरुखको ठुको प्रशंसक थिईन् तर हात आएर उनले शाहरुख भन्दा राम्रो क्षमता रणवीर कपूरमा देखिन् ।

काजोल भन्छिन् अभिनयमा शाहरुख खान भन्दा रणवीर कपूर धेरै अगाडि छन् । काजोलका श्रीमान र शाहरुख खान बीचको सम्बन्ध राम्रो छैन,त्यसैले होला आजकल काजोल र शाहरुखको सम्बन्ध पनि खासै राम्रो छैन ।

तिनै शाहरुख खान संग सर्वाधिक हिट चलचित्रहरुमा काम गरेकी काजोलले श्रीमान अजयलाई खुसि पार्नकै निम्ति शाहरुखलाई दोस्रो बनाएको चर्चा छ । काजोलले करण जोहोरको चर्चित शो 'कफि विथ करण' मा राम्रो अभिनय गर्ने बलिउड नायकहरुको -र्यांकिंङ गरेकी थिईन् ।
करन जोहरले एक्टिङ एबिलिटिको आधारमा शाहरुख,सलमान,ऋतिक,अमिर  र रणवीर कपूर लाई -र्याङकिङ गर्न काजोललाई भने तब कजोलले पहिलो  नम्बरमा रणवीर कपूर,दोस्रोमा शाहरुख र आमिर खान   अनि तेस्रोमा सलमान खानको नाम भनेकी थिईन् । उनले रणविरको निकै प्रशंसा पनि गरिन् । 

, , ,

news and entertainment