सलमान खानले लुलियासंग विवाह गर्ने
बलिउडका सुपर स्टार सलमान खानले अब भने विवाह गर्ने स्पष्ट संकेत गरेका छन्।
हुनत उनका प्रशंसकहरुले उनको विवाह गरेको हेर्न चाहेको वर्षौ भइसक्यौ। उनको उमेरले पनि ५० छुन लागि सक्यो तर त्यो दिन कहिल्यै आएन्।
तर आइतबार सलमान खानले एक कार्यक्रममा बोल्दै विदेशी गर्लफ्रेन्ड लुलिया भन्तुरसंग डेटङ गरिरहेको कुरा पनि इन्कार गरेनन् र विवाहका विषयमा पनि उनी निकै सकारात्मक देखिए।
सलमानले भने,'म आजकल परिवर्तनको चरणबाट गुज्रिरहेको छु र मलाई यो मन पनि परेको छ। १५ वर्ष देखी यता मलाई यस्तो मौका मिलेकै थिएन्। पहिलो पटक मलाई यस्तो अवसर प्राप्त भएको छ। म डेढ या दुइ वर्षदेखि चिसो हावामा श्वास फेरिरहेको छु। अब छिट्टै मेरो जिन्दगीमा केही हुनेवाला छ ।'
उनले भने,' म मानवता पालना गर्छु,इस्लाम मान्छु, क्रिश्चियन मान्छु, राम्रा कुरा सबै सकेसम्म गर्छु । मेरो बुबा पठान हुन्,मेरी आमा हिन्दु, अर्की आमा क्याथोलिक हुन्, मेरो भिनाजु पंजावी हुन्। मलाई लाग्छ मेरी श्रीमती बाहिरी देशकै हुनुपर्छ ।'
सलमानले श्रीमती बाहरी देशकी भन्दा उनकी रोमानियन ग्रलफ्रेण्ड लुलिया भन्तुरसंग विवाह गर्न लागेको अनुमान गरिएको छ।
उनले आफूलाई असफल प्रेमी तर राम्रा साथीका रुपमा चित्रित गरे।
सलमानले भने,'जब तपाई कसैको प्रेम गर्नहुन्छ, प्रेमीले नछोडोस भनेर तपाई हर कोशिस गर्नु हुन्छ, रुनु हुन्छ, चिच्याउनु हुन्छ,जब कसै गर्दा पनि हुन्न तपाई छोडिदिनु हुन्छ।'
