अक्षय कुमार किन यसरि सधै उस्तै देखिन्छन ? के छ राज ?

सामान्यतया महिला भन्दा धेरै पुरुषको लागि फिट रहन जरुरी हुन्छ तर बलिउड फिटनेस किंग अक्षय कुमार यस्तो सोच्दैनन्। उनी भन्छन्, महिलाहरु फिजिकल रुपमा धेरै बलियो हुनु जरुरी छ। किनकि समयको साथै उनीहरुको शरीरमा कयौं परिवर्तन आउँछ, यसको लागि पनि महिलाहरु फिट रहनु आवश्यक हुन्छ। नियमित एक्सरसाइजले शरीरको साथमा मनलाई पनि फुर्तिलो बनाउछ।

अक्षय भन्छन्, मेरो लागि फिट हुनु भनेको ६ प्याक एब्स होइन, स्वस्थ रहनुलाई भनेको हो। म आफै स्वस्थ खानेकुरा खान्छु र मेरो नजिक हुनेलाई पनि यही सल्लाह दिन्छु।


उनले आफ्नो फिटनेस मन्त्रको शेयर गर्दै भनेका छन, मेरो समयमा स्टंट सीन बिना फिट रहन कठिन हुन्थ्यो। तर मैले रुटिन यसरी बनाएको थिए कि कठिन भन्दा कठिन स्टंटको लागि पनि समस्या परेको थिएन। अहिले पनि कुनै पनि स्टंट, फाइट सीन गर्न सक्छु।

अक्षय आफू फिट हुन तथा शक्ति प्राप्तिको लागि दैनिक ७४ सिढि चढ्ने गर्छन् तर दौडिन मन पराउदैनन्।

अल्छी त्यतिबेला लाग्छ, जब काम सधै एउटै हुन्छ। त्यसैले नयाँ नयाँ काम गर्न मलाई रुचि लाग्छ। जिमन्यास्टिक, मार्शल आर्ट, पहाड चढ्नु, पौडि खेल्नु, साइक्लिङ, सिढि चढ्नु, बास्केटबल खेल्नु आदि । यसको लागि उनी रुटिन बनाउछन्। अक्षय मात्र होइन उनको घरका परिवार पनि फिटनेसको लागि सजग छन्।

, ,

news and entertainment