भोकभोकैबिकिनी सुट दीइन

मुम्बई(एजेन्सी), फाल्गुन १९ - बलिउड अभिनेत्री सोनम कपुर यति बेला आयुष्मान खुरानासँग 'बेवकुफियाँ' को प्रमोशनमा व्यस्त छिन् । भइरहेको चाहिँ के छ भने, फिल्मको भन्दा अनिल कपुर पुत्री सोनमको बिकिनी सुटको बढि चर्चा छाइरहेको छ । मानौं विकिनीबाहेक फिल्मका कुनैपनि लो भलाग्दा पक्ष छैनन् । फिल्म प्रमोशनको हर कार्यक्रममा सोनामलाई सोधिने प्रायः प्रश्नहरु बिकिनीकै वरिपरि घुमेका हुन्छन् । २८ बषिर्या 'राँझणा' स्टार सोनम पनि बिकिनी अनुभव मख्ख पर्दै सुनाइरहेकी हुन्छिन् ।

हालै मुम्बईको एक म्यानेज्मेन्ट कलेजमा गरिएको पत्रकार सम्मेलनमा यस्तै भयो । को-स्टार आयुष्मानका साथ कपोरेट लुक्समा देखिएकी सोनमलाई 'बिकिनी प्रश्न' हरु ओइरिए । कलेजका विद्यार्थीहरुसित भलाकुसारी गर्दै 'कामको बेला रोमान्स गर्ने र हाकिमको  कुरा बुझ्ने तरिका' बारे पि्रजेन्टशन समेत दिएकी 'साँवरिया' गर्लमाथि प्रश्न यति ओइरिए कि उनले 'बिकिनी सुट कुनैपनि अभिनेत्रीले जस्तो हट देखिन नगरिएको' स्पष्टीकरण नै दिनुपर्‍यो ।Sonam Kapoor

'मेरो बिकिनी बडीमा दीपिका पादुकोणको जस्तो एब्स र क्याटरिना कैफको जस्तो सेक्सी जाँग देखिछैन' उनले भनिन्, 'एउटी आम युवतीको शरिर विकिनीमा जस्तो देखिन्छ, म त्यस्तै देखिन्छु । तर, म बिकिनीमा राम्री पनि देखिएकी छु ।' यति राम्री बन्नका लागि  चाहिँ उनले धेरै नै मेहनत गर्नुपरेको रहस्य खोलिन् । 'बिकिनी सुट फिट हुन मैले दुई दिन भोकै बस्नुपर्‍यो,' उनले भनिन्, 'पानी मात्रै पिएँ ।'

बिकिनी पोजसित जोडिएको प्रश्न आयूष्मानतिर पनि सोझिए । एक दर्शकले सोधे, 'सोनमको चर्चा यति भइरहेको छ, मानौ सारा दुनियाँ उनकै बिकिनीको पछिल्तिर पागल झैं दौडिरहेका छन्, तपाईंको हालत चाहिँ कस्तो थियो ?' आयुष्मानले भने, 'म पनि  बहुलाजस्तै भएँ नि । सुटिङ नै पो भुलिगएछु ।'

नुपुर अस्थाना निर्देशित रोमान्टिक कमेडी 'बेवकुफियाँ' आउँदो मार्चको दोस्रो साता रिलिज

हुँदै छ । फिल्ममा सोनम र आयुष्मान दम्पत्तिको भुमिकामा देखिंदै छन् ।

www.ekantipur.com

,

news and entertainment