आसुँ नै झारेर किन रोईन दीपिका?
सबैलाई थाहा छ दीपिका रणबीर सिंह भन्दा पहिला रणबीर कपूरसँग अफेयरमा थिइन। तर अहिले भने उनीहरु छुट्टिसकेका छन। दीपिकाले अहिले रणबीर सिंहसँग सम्बन्ध बनाएकी छन। उनले रणबीर कपूरसँगको ब्रेकअपपछि धेरै नै रोएको कुरा अहिले सार्वजनिक गरेकी छन।
दीपिकाले अझै पनि रणबीर कपूरलाई भुल्न भने सकेकी छैनन्। उनी भन्छिन, हामी दुबै जना अब धेरै अगाडि बढिसकेका छौं। यसले हामी दुबैलाई राम्रो मानिस बनाइदिएको छ। मैले धेरै कुरा सिके, कुनै पनि मानिस तथा चिजलाई यति धेरै महत्व दिन उचित नहुने रहेछ।
साच्चै भन्नु पर्दा ब्रेकअपपछि मैले आफूलाई सम्हाल्नु पर्ने थियो। ब्रेकअप पछि धेरै रोएको बताउछिन दीपिका। तर म अब पहिला भन्दा धेरै राम्रो मान्छे बनिसकेको छु, यसको लागि रणबीरलाई धन्यबाद।
दीपिकाको अहिलेको ब्वाईफ्रेण्ड रणबीर सिंहको बारेमा सोध्दा उनी भन्छिन, म अहिले यस्तो ठाउँमा छु कि जसको लागि हतारमा कुनै निर्णय लिने छैन। म सँग कुनै पनि मान्छे रोज्नको लागि अबसर, समय छ, उसको बारे मा थाहा पाएपछि, उसलाई राम्रोसँग जानेपछि मात्र ऊ सँगको सम्बन्धको बारेमा सोच्नेछु।
अहिले भने दीपिका रणबीर सिंह सँग डेटिङमा छन। उनीहरुको सम्बन्ध यति अगाडि बढिसकेको छ कि केही समय पहिला रणबीर सिंह दीपिका पादुकोनको घरमा रातभरी नै बसेका थिए।
