रसियाले इरानमा दुइ ओटा पारमाणविक प्लान्टको निर्माण गर्ने

Bushehr2रसियाले इरानको दक्षिणमा रहेको बुशेर सहरमा २ ओटा पारमाणविक शक्ती प्लान्टको निर्माण गर्ने भएको छ । इरानको आणविक शक्ति संस्थाका वक्ता बेहोरोज कमल्भान्दिले बुधबार दिएको जानकारी अनुसार इरान र रसियन सरकार यस कामका लागि प्रारम्भिक सहमतिमा पुगिसकेका छन् ।

जानकारीका अनुसार बन्ने भएको उक्त २ ओटा पारमाणविक प्लान्टको सामर्थ्य १,००० मेगावाट हुनेछ । सहमतिमा यो कुरा संगै अब बन्ने भनिएको नया प्लान्ट पनि अहिले रहिआएको प्लान्टकै नजिक बन्ने कुरा उल्लेख छ । युरोपियन युनियनका बिदेशी सम्बन्धका प्रमुख क्याथरिन अश्तोनले इरान र युरोपियन युनियन बीचको सम्बन्ध प्रगाड भएकोले नै यी दुइ देशहरु यस समहमति सम्म आइपुगेका हुन् ।

अहिलेको यस सहमति पत्रमा इरानको आणविक उर्जाका प्रमुख अलि अकबर सालेहीले हस्ताक्षर गर्न बाकि नै रहेको छ । रसियाले निर्माण गरेको १,००० मेगावाटको आणविक प्लान्ट , इरानको पहिलो र चलिरहेको प्लान्ट हो । इरानका अधिकारिहरुले आफ्नो देशको ७७ मिलियन जनतालाइ पर्याप्त उर्जा दिन अहिलेको भन्दा २० गुणा बढी उर्जा उत्पादनको योजना बनाइरहेको बताएका छन् ।

स्रोत : एजेन्सी

,

news and entertainment