इन्डिगो एयरलाईन्सको विमानमा आगलागी, यात्रुहरु सकुशल बाहिर निकालियो

काठमाडौ, फाल्गुन २४ - काठमाडौंबाट-दिल्ली आएको इन्डिगो एयरलाइन्सको विमानमा आकस्मिक आगलागी भएको छ । विमानमा सवार सबै १ सय ७४ जना यात्रु सकुशल छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर यात्रु ओराल्नका लागि वे न. ५ तर्फ जाने क्रममा विमानको पछाडिट्टकिो दाहिने चक्कामा आगलागी भएको हो । त्रिभुवन विमानस्थलका महाप्रबन्धक ऋषिकेश शर्माले सबै यात्रुलाई तत्काल विमान बाहिर निकालेर आगो नियन्त्रणमा लिन सफल भएको बताए । अपरान्ह १२ बजेर ३५ मिनेटमा विमानमा भएको उक्त आगलागी विमानस्थलकै वारुण यन्त्रको प्रयोगबाट नियन्त्रणमा आएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ । 

, ,

news and entertainment