आगलागीबाट २५ टहरा जले, आगो नियन्त्रणमा
काठमाडौ, फाल्गुन २५ - राजधानीका सिनामंगलस्थित सुकुम्बासी वस्तीमा लागेको आगो नियन्त्रणमा लिइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र दमकलको प्रयासपछि आगो नियन्त्रणमा आएको हो । आगलागीबाटबाट वस्तीमा रहेका २५ टहरा जलेका छन् ।
वस्तीस्थित एक कवाडी संकलन केन्द्रमा बिद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । वस्तीका घरहरु प्लाष्टिक, बाँस, काठले बनेकाले आगो चाँडै फैलिएको थियो । आगलागीबाट वस्ती नजिकैको एक तीन तले पक्की घरमा समेत क्षति पुगेको छ ।
