पश्चिमी प्रतिबन्ध स्वीकार्य छैन रुसलाइ

u8_Sergei-Lavrovअमेरिकालाइ रुसले आफुहरुलाइ पश्चिमी देशहरुले क्राइमियको बिषयलाइ लिएर लगाएको प्रतिबन्धरु स्वीकार्य नभएको बताएको छ । साथै यस्ता प्रतिबन्धहरु परिणाम पनि राम्रो नहुने बताएका छन् । क्राइमियालाइ रुसमा मिलाउने सन्धिमा रुसी तथा क्राइमियन नेताहरुले गरेको हस्ताक्षरको केहि घण्टा पछि रुसी विदेशमन्त्रिले सेर्गेई लाभ्रोभले समकक्षीलाइ फोन वार्ताको क्रममा उक्त चेतावनी दिएका हुन् ।

सयै क्रममा सिम्फेरोपोल स्थित यूय सैनिक आखाडामा आक्रमण हुँदा एक प्रहरीको ज्यान गएको छ | आखाडामा रहेको पार्कमा ड्युटी गरिरिरहेका प्रहरीमाथु उक्त हमला भएको हो | जानकारी अनुसार आखाडामा रहेको युक्रेनी सैनिकहरुको परिचयपत्र , हतियार तथा पैसाहरु समेत लिइएको बताइएको छ | युक्रेनका अन्तरिम प्रधानमन्त्री आर्सेनी यात्सेन्युकले सरकारको एउटा आपतकालीन बैठकमा बोल्दै रुसी सैनिकहरुले युक्रेनी सैनिकहरुमाथि गोली चलाउन थालेको र त्यो युद्ध अपराध भएको बताएका छन्। यसै बिषयमा बोल्दै संयुक्त राज्य अमेरिकाले क्राइमियामा रुसी हस्तक्षेपको निन्दा गर्दै त्यसलाई जबर्जस्ती अधिकरण र युक्रेनको सार्वभौमिकतामाथि जारी रहेको आक्रमण भनेको छ।

अमेरिकी उपराष्ट्रपति जो बाइडनले पोल्याण्डको राजधानी वार्सअमा बोल्दै, क्राइमियाको घटनाक्रमले, उत्तर एटलान्टीक सन्धी संगठन, नेटो एकताबद्ध हुनु पर्ने आवश्यकतालाई स्मरण गराएको बताएका छन्। बाइडनले, यही क्रम जारि रहने हो भने अमेरिकाले रुस विरुद्ध थप प्रतिबन्धहरु लगाउने बताएका छन्। युरोपेली संघले पनि एउटा बक्तव्य जारी गर्दै क्राइमियामा भएको जनमत संग्रह र त्यसको परिणाम दुवै गैरकानूनी भएको र त्यसलाई आफूले मान्यता नदिने बताएको छ।

स्रोत : एजेन्सी

,

news and entertainment