जीप दुर्घटनामा प्रबन्धक कार्कीको मृत्यु
सोलुखुम्बु, बिराटनगरबाट सोलुखुम्बु आउँदै गरेको बा ४ च ८७२० नम्बरको टाटा सुमो जीप ओखलढुङ्मा दुर्घटना हुँदा राष्ट्रिय वाणिज्य बैंकका क्षेत्रीय प्रमुख दिनेस कार्कीको घटनास्थलमै मृत्यु भएको छ ।
सोलुखुम्बु र ओखलढुङ्गाको शाखा अनुगमनका क्रममा आउँदै गरेका प्रबन्धकसहित बैंकका कर्मचारीहरु चढेको सो जीप आज बिहान ओखलढुङ्गाको मानेभञ्ज्याङमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा राष्ट्रिय वाणिज्य बैंक पूर्वाञ्चल क्षेत्रीय कार्यालयका सह लेखा अधिकृत राजेस पोखरेल गम्भीर घाइते हुनुभएको छ भने सोही बैंकका नायव सुब्वा चण्डी भट्टराई र जीप चालक मिनराज ढुङ्गेल घाइते हुनुभएको सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक बद्रीविक्रम थापाले जानकारी दिनुभयो ।
घाईतेहरुलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ भने मृतकको शव पनि काठमाडौँ लगिएको छ ।