उत्कृष्ट खेल प्रदर्शन गरेकोमा कान्तिपुरद्वारा १० लाखको सम्मान
काठमाडौ, चैत्र ६ - ट्वान्टी-ट्वान्टी विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गरेकोमा कान्तिपुर मिडिया गु्रप (केएमजी) ले नेपाली क्रिकेट टिमलाई १० लाख रुपैयाँको नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ । केएमजीका अध्यक्ष तथा प्रबन्ध
निर्देशक कैलास सिरोहियाले विश्वकपका दुईटा खेलमा अभूतपूर्व जित हासिल गरेकोमा नेपाली टिमको उच्च हौसला कायम राख्नका निम्ति उक्त सम्मान गर्न लागिएको बिहीबार घोषणा गरेका हुन् ।