होली खेल्दा राजधानीमा दुई बालकको मृत्यु,प्रहरीसँग भाग्दा र छतबाट खसेर दुर्घटना

होलीका क्रममा भएका घटनामा दुई जना बालकको मृत्यु भएको छ।
 
बार नभएको छतबाट लडेर र होली खेल्न हिँडेको हुलसँग भागदौड गर्दा आइतवार दुई बालकको मृत्यु भएको हो। 
 
महानगरीय प्रहरी परिसरका डिएसपी अर्जुन चन्द ठकुरीका अनुसार मृत्यु हुनेमा धापासी–९ का १२ वर्षिय अर्पण राई र धर्मस्थली– जरंखुका १४ वर्षिय अनिल महर्जन हुन्। 
 
प्रहरीले दिएको जानकारी अनुसार राईको तीन तलाको छतबाट लोला हान्ने क्रममा तल खसेर मृत्यु भएको हो।
 
'राईलाई तुरुन्त इशान बाल अस्पताल बसुन्धरा लगियो,' ठकुरीले भने, 'त्यहाँबाट बाँसबारीको न्यूरो अस्पताल पठाइयो।'
 
न्यूरो अस्पताल पुर्‍याउनेबित्तिकै १२.२५ बजे उनको मृत्यु भयो।
 
धर्मस्थली जरंखुमा प्रहरीको पेट्रोलिङ् टोली देख्नेबित्तिकै होली बसेका केटाहरु भागाभाग गरे।
 
'त्यहिँ क्रममा एउटा बच्चा बेहोस भए,' ठकुरीले भने, 'कुनै चोटपटक घाउ खत नलागेको बच्चाको मृत्यु भयो।'
 
उनलाई तुरुन्त जनमैत्री अस्पताल बालाजु पुर्‍याइयो। अस्पतालले उनलाई मृत घोषणा गर्‍यो। कुनै पुरानो विमार मृत्युको कारण हुनसक्ने प्रारम्भिक अनुमान डाक्टरहरुले लगाएको प्रहरीले बताएको छ ।

,

news and entertainment