म सलमान खानको लागि जे गर्न पनि तयार छु ,बलिउड सुन्दरी मिरा चोपडाले
बलिउड सुन्दरी मिरा चोपडाले “दबंग बोय” सुपर स्टार सलमान खानका लागि आफुले जे पनि गर्ने बताएकी छिन् | मीरा चोपडा बलिउडकी जल्दीबल्दी नायिका प्रियंका चोपडाकी नातेदार बहिनी हुन् | तर ,बलिउडकी सबैभन्दा सफल अभिनेत्री प्रियंकाको नातेदार हुदा पनि आफुलाई केहि फाइदा नभएको उनको दुखेसो रहेको छ |
सलमानलाई लिएर उनले , “सलमान कमालका छन् र मैले उनको लागि जे पनि गर्न तयार छु,म उनको लागि निकै क्रेजी छु र म उनिसंग फिल्ममा संगै अभिनय गर्न चाहन्छु ” भनेकी छिन् | ” मिराको पहिलो हिन्दी फिल्म ‘ ग्यांग अफ घोष्ट्स’ आउदो २१ मार्चमा रिलिज हुदै छ | यो भन्दा पहिला मिराले विभिन्न दक्षिण भारतीय चलचित्रमा काम गरिसकेकी छिन् |
