सगरमाथा चढ्ने आरोहीलाइ नया नियम !

नेपाल सरकारले सगरमाथा चढ्ने आरोहीले फर्केन क्रममा ८ किलो ग्राम फोहोर बोकेर ल्याउनु पर्ने नयाँ नियमको घोषणा गरेको छ।  फोहोर बढ्दै गएर सगरमाथामै फोहोरको थुप्रो चुचुरो बन्दे स्थिति बनेपछी यस्तो नियम ल्याइएको हो।

आउँदो अप्रिलबाट यो नियम लागु हुनेछ।
सगरमाथालाई सफा गर्न ययो नियम अन्तर्गत आरोहीका आफ्नै फोहोर भने गणना गरिनेछैन्। 
आरोहीले आफैले गरेका फोहोर छुट्टै ल्याउनु पर्ने छ।
everest waste collection1
यसरी फोहोर नबोकी आउने आरोहीलाई कारवाही गरिनेछ तर कस्तो प्रकृतीको कारवाही हुने भन्ने स्पष्ट गरिएको छैन्।
सगरमाथामा आरोहीहरुले फालेको अक्सिजनका सिलिण्डर, आरोहीका फोहोर मैला र मृत शरिर थु्प्रिएका छन्। निकै चिसोका कारण ज्यान गुमाएकाहरुको लाश पनि सडेका छैनन्।

आरोहीहरुले अर्को महिना आधार शिवरका स्थापना हुने लागेको कार्यालयमा फोहोरहरु बुझाउनु पर्नेछ।
यो कार्यलयमा सुरक्षाकर्मीहरु हुनेछन्। अघिल्लो वर्ष शेर्पाहरु र युरोपेली आरोहीदलहरुबीच भएको भिडन्तपछी नेपाल सरकारले सुरक्षाकर्मी आधा रशिवरमा खटाउन लागेको हो।

everest waste collection1
सरकारले अघिल्लो महिनामात्रै सगरमाथा चढ्दा लाग्ने फि पनि घटाएको छ। यो निर्णयसंगै सगरमाथा आरोहीहरुको संख्य बढ्ने भएकाले फोहोर घटाउने योजना पनि सार्वजनिक गरिएको अधिकारीहरुले बताएका छन्।

,

news and entertainment