ओस्करको सेल्फी फोटोले ट्वीटर जाम भयो

Ellen-DeGenereएकजना अमेरिकी कार्यक्रम संचालिकाको ओस्कर अवार्डको सेल्फी फोटोले ट्वीटरमा अहिलेसम्मकै सर्वाधिक चर्चा कमाएकी छिन् । हलिउडमा आयोजित ओस्कर अवार्डको फोटोहरु आफ्नो ट्वीटमा सेयर गरेपछि कार्यक्रम संचालिका एलन डेजनेरशले वाहवाही कमाएकी छिन् ।
उनको तस्वीरमा हलिउड कलाकार जेनिफर लरेन्स, ब्राडली कुपर र मेरिल स्ट्रीप समावेश छन् । ती तस्वीरले एक घन्टामै लाखौं फलोअर कमाएको छ । एलन र मेरिल स्ट्रीपसँगै जुलिया रोबर्ट, ब्राड पिट, जेनिफिर लरेन्स र केभिन स्पासे पनि तस्वीरमा अटाए ।
कार्यक्रम हुँदै गर्दा उनले फोटो सेयर गरेकी थिइन् । सेयरको एक घन्टा नबित्दै १७ लाखभन्दा बढीले फलो गरे । जसमा ७ लाखभन्दा बढीले ‘फेबरेट’ गरे । कार्यक्रमको होस्ट गरिरहेकी एलनले गरेको ट्वीटको चापले ट्वीटर नै जाम गरिदिएको दावी गरिन् ।
Ellen-DeGenere-1
ग्यालेक्सी फोनको प्रायोजनमा भएको ओस्कर वितरण कार्यक्रममा उनीहरुले विभिन्न पोजमा फोटो सेसन गरेका थिए । ओस्कर कार्यक्रम निरस भइरहेको बेला एलनको तस्वीरले रोमाञ्चकता तय गरेको थियो । ब्राडली कुपरले फोटो सेसन गरेको थिए ।
सो तस्वीरले अहिलेसम्मकै रेकर्ड बे्रक गर्‍यो, १० लाख ७६ हजार ९ सय ७१ जनाले एक घन्टाभित्रै रिट्वीट गरे । यो ट्वीटले अमेरिकी राष्ट्रपति बाराक ओबामाले गरेको ट्वीटलाई पनि उछिनेको छ । ओबामाले राष्ट्रपति चुनिएपछि सेयर गरेको फोटोभन्दा निकै बढी हो ।
कतिपयले एलनले गरेको ट्वीट सामसुङ ग्यालेक्सी नोट थ्रीको प्रबर्द्धन गर्ने चालबाजी भएको पनि आरोप लगाएका छन् । कार्यक्रमका बीच उनले पनि ग्यालेक्सीको प्रचार गरिरहेकी थिइन् ।

, , ,

news and entertainment