गत आइतवार विहानदेखि इजरायल प्रहरी हिरासतमा रहेकी नेपाली महिला शुशिला वोगटी (थापा) लाई इजरायल प्रहरीले आज अप्रहान्न ४ बजेतिर समाजसेवी अम्विका क्षेत्रीको जिम्मामा रिहा गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा इजरायलको तेलअभिव नजिकै रहेको ओरयहुदामा कार्यरत शुशिला वोगटी (थापा ) लाई गत आइतवार   ५ वर्ष अघिदेखि काम गरिरहेको परिवारले कुनै जानकारी विना नै जेल हाल्ने नियतले   प्रहरी हिरासतमा  पठाएको खवरले इजरायलवासी नेपालीहरूलाई निकै दुखित तुल्याएको थियो ।

   यसै विषयलाई लिएर नेपाली राजदुतावास तेलअभिवले पनि इजरायल प्रहरीसंग  सोधपुछ गरिरहेको वताएको छ भने  आज (वुधवार) विहानै समाजसेवी अम्विका क्षेत्री  र नेपाल इजरायल डट नेटका  भिडियोग्राफर अर्जुन पौडेल अदालत पुगेका  थिए  ।  आज विहान देखि नै सोही विषयमा नै समाजसेवी नितु खतिवडा पनि लागि पर्दै खोजिकोलागि निस्किएको नेपालइजरायल डट नेटसँगको टेलिफोन सम्पर्कमा उनले बताइन । वोगटीलाई अम्विका क्षेत्रीले जिम्मा  लिएपश्चात    अदालती  प्रकृया पुरा गरी  करिव ४ वजेतिर  पिडित शुशिलालाई पत्रकार पौडेल र उनकी नजिककी मित्र शुभद्रा घिमिरेको साथमा फर्काइएको छ  ।  पिडितले अदालतवाट वाहिर निस्किएपश्चात्  आफुलाई विनाकारण  परिवारले जेल पठाएको  र मुद्दा चलाएको तर आफुले गलत नगरेको कारण ४ दिनपश्चात वाहिर निस्किन सफल भएको  वताउदै हत्कडी लगाई हातको छाला खुइलिएको अवस्थामा निलडजाम परेको हात देखाउदै नेपाल इजरायल डट नेटलाई बताइन । उहाँका अनुसार आफुलाई परिवारले सधै दुख दिने गरेको, आफुले हेर्ने  मालिक्नीले समेत यातना दिने गरेको तर आफ्नो मालिकनिलाई आफुले कहिल्यै कुटपिट नगरेको दावी गर्नुभएको छ ।(एनआई न्यूज इजरायल)

,

news and entertainment