विश्व बिख्यात नोकिया कम्पनी बन्द हुदै

विश्व बिख्यात मोबाइल कम्पनीले आफ्नो नाम परिवर्तन गर्न लागेको छ। यही महिनाको अन्तमा नोकिया कम्पनी किन्न लागेको बताइन्छ र यसको नाम परिवर्तन गरेर 'माइक्रोसफ्ट मोबाइल ओबाई' राखिनेछ। यसको सँगसँगै नोकियाको एक युगको अन्त हुने बताइ्छ।

एक अंग्रेजी पत्रिकाले बताए अनुसार नोकियाले फिनल्याण्डमा आफ्ना ग्राहकसँग भनेको छ को माइक्रोसफ्टसँग उसको डील छिट्टै नै पूरा हुनेवाला छ।

नोकिया र माइक्रोसफ्ट दुबैले भनेका छन, डिल यही महिनाको अन्तसम्म हुनेछ। नोकियाले यस्तै सूचना भारतमा पनि पठाएको बताइन्छ।

नोकिया कम्पनीका अनुसार माइक्रोसफ्टसँग भएको ट्रान्जेक्शन पूरा हुने बित्तिकै यसको नाम परिवर्तन हुनेछ। नोकियाले ग्राहकलाई विश्वास दिलाएको छ कि यसबाट ग्राहकको गोपनियतामा कुनै आँच आउने छैन, ग्राहको डाटा नोकियाले जस्तै माइक्रोसफ्टले पनि शेयर गर्नेछ।

नोकियाले यो पनि भनेको छ, यो डील पूरा हुनासाथ नोकिया कम्पनीको अन्त हुनेछैन, कम्पनीले अरु काम पनि गरिरहेको छ र गरिनै रहनेछ। यस मध्ये नेटवर्क उपकरण र here maps आदि छन। कम्पनीको नाम नोकिया नै रहन्छ तर यो नाम माइक्रोसफ्टसँग पनि रहन्छ।

माइक्रोसफ्टले नोकियाको नाम चलाउनको लागि ७.२ अरब डलरमा १० वर्षको लागि डिल गरेको छ। 

, ,

news and entertainment