रणबीर सिंहको कण्डोमको चारैतिर चर्चा (भिडियो सहित)

पछिल्लो समय बलिउडमा चर्चित सेलिब्रेटी हुन् रणबीर सिंह । कहिले दिपिका पादुकोण त कहिले कण्डोमको विज्ञापन रणबीरको चर्चा सेलाएको छैन ।
प्यारोडी गीत जस्तो लाग्ने रणबीर कपुर अभिनित कण्डोमको विज्ञापन निक्कै लोकप्रिय भएको छ ।
ranveer durex condom

ड्युरेक कण्डोमको विज्ञापन बुधबार मात्र रिलिज भएको थियो ।
रिलिज भएको केही घण्टामै यो विज्ञापन कुनै चलचित्रको गीत भन्दा बढी हिट भएको छ ।
यो विज्ञापनिक गीतमा रणबीर आफैले र्याप भरेका छन् ।
कुनै पनि कण्डोमको विज्ञापनमा चलेका सेलिब्रेटी खेल्न मान्दैनन् । तर रणबीरलाई भने यो कण्डोमको विज्ञापनले नै झन् ठूलो स्टार बन्ने सम्भावना देखिएको छ ।
रणबीरले यो विज्ञापनको सफलतापछि सुरक्षित यौन सम्पर्कको अभियान नै चलाउने बताएका छन् ।
रणबीरले आफ्नो खल्तीमा सँधै कण्डोम हुने बताउँदै सबै युवालाई यसो गर्न समेत सुझाव दिएका छन् । 
हेर्नुस् भिडियोः

, ,

news and entertainment