नेपालीलाई थाहा नभएको तथ्य विदेशीले पत्ता लगाए' नेपालका आश्चर्यजनक रहस्यहरु सार्वजनिक

काठमाडौँ, बैशाख ११– भगवान् बुद्ध र सगरमाथाको देश भनेर विश्वभर चिनिएको सानो नेपालमा थुप्रै रहस्यहरु पनि छन् भन्ने कुरा नेपालमै जन्मेर हुर्केकालाई समेत थाहा नहुन सक्छ ।
तर, रुस र फ्रान्सबाट नेपालमा आएका अन्वेषकहरुले काठमाडौँमा कार्यपत्रमार्फत त्यस्तै आश्चर्यजनक रहस्यहरु सार्वजनिक गरेका छन् । ।
फ्रान्सेली नागरिक मोरिस डुसेन र रुसी नागरिक युरिए राडिचेभले नेपालको थुप्रै महत्वपूर्ण स्थलको भ्रमण गरी आश्चर्यजनक तस्विरहरु खिचेका छन् ।
नेपालको झन्डै सबैजसो क्षेत्रको भ्रमण गरेका फ्रान्सेली नागरिक डुसेनले नेपालका महत्वपूर्ण गुफाको अनुसन्धानसमेत गरेका छन् ।
उनले हालसम्म आफूले ३० वटा गुफा पत्ता लगाएको दाबी गर्दै ती गुफामध्ये सबैभन्दा गहिरो गुफा बैतडीमा रहेको र सो गुफा १९६ मिटर गहिरो रहेको जानकारी दिए ।
उनले कुश्माबजारमा रहेको कर्कट गुफा, गुप्तेश्वर गुफा, अन्नपूर्ण १ मा रहेको बराह गुफा, जहाँ ९५ मिटर तल हिउँ पग्लेको भेटिएको बताए ।
उनले लम्जुङ, कञ्चनजङ्घा र मनास्लुमा हिम गुफा भेटिएको पनि जानकारी दिए ।
त्यस्तै मुस्ताङमा दुई हजार वर्षअघि मानिसले बनाएको गुफा भेटिएको र त्यस गुफामा थुप्रै बौद्धधर्मका आश्चर्यजनक चित्र तथा पौभाहरु पाइएको छ ।
इतिहासदेखि रहस्यमय रहेको नेपालका हिमालहरु हाल पनि रहस्यमय नै रहेको डुसेनले बताए ।
उनले गुफाभित्रको पानी तैरिरहेछ कि छैन भनी पत्ता लगाउन एउटा क्यामेरासहितको यन्त्र जडान गरेर दुई वर्षका लागि छाड्ने जानकारी दिए ।
सो यन्त्रले पानीभित्रको २०० मिटर क्षेत्र वरिपरिको पानीको सतहको घट बढ र तापक्रम मापन गर्ने बताइएको छ ।
त्यस्तै अर्का अन्वेषक राडिचेभले हिमाली क्षेत्रका झन्डै २८० वटा फोटो खिचेकका छन्
सगरमाथामा १६ पर्वतारोही विलिन भएको सम्झनामा उनीहरुले नेपाल पर्यटन बोर्डमा बुधबारदेखि फोटो प्रदर्शनी गरेका छन् ।

, ,

news and entertainment