कट्रिनासँग गोप्य सम्बन्ध स्थापित गर्न रणबीरले किने नयाँ घर

(एजेन्सी)–मुम्बईको पत्रपत्रिकामा छापिएको खबरका अनुसार अभिनेता रणबीर कपुरले मुम्बईको बान्द्रामा नयाँ घर किनेका छन् । रणबीरले आफू बस्नका लागि एउटा फ्लोर किनेका छन् ।
वास्तवमा रणबीरको बुवा ऋषि कपुर उनको कट्रिनासँगको नजिकपनका कारण कथित रुपमा रिसाएका छन् । यसै कारणले कट्रिनासँग आफ्नो गोप्य सम्बन्ध स्थापित गर्नका लागि रणबीरले नयाँ घर किनेका छन् ।
अहिले यो घरमा इन्टेरियरको काम भइरहेको छ र रणबीर निकै चाँडै यो घरमा सर्ने बताइएको छ ।

, ,

news and entertainment