शाहरुख खानको भ्यानले कारलाई ठक्कर दियो

बलिउड किंग खान नयाँ समस्यामा फसेका छन। उनको भ्यानेटी भ्यानले अर्को एक कारलाई ठक्कर दिंदा उक्त कार कुच्चिएको छ।

भ्यानेटी भ्यान भित्र शाहरुख खान नभएको बताइन्छ । शाहरुखको भ्यानेटी भ्यानले टीभी कलाकार करणवीर बोहराको कारलाई ठक्कर दिएको हो ।

भ्यानेटी भ्यानको ठक्करबाट कार क्षतीग्रस्त भएको छ । कारलाई ठक्कर दिए लगतै शाहरुखका ड्राइभरले माफी मागेको बताइन्छ । शाहरुखका म्यानेजरले पनि करणवीरलाई भेटेर यस बिषयमा कुराकानी गरेका थिए ।
उनले यो बिषयलाई कुनै मुद्दा मामिलामा नलैजान आग्रह गरेको बताइन्छ ।
Shaha rukh car accident
शाहरुख मुम्बई स्टूडियोबाट बाहिरिदै गर्दा उनको महंगो भ्यानले कारलाई ठक्कर दिएको बताइएको छ ।

अहिलेसम्म यो घटनाको बारेमा दुबैले केही प्रतिक्रिया दिएका छैनन । तर अब शाहरुखले यो घटनालाई कसरी समाधान गर्छन्, त्यो त हेर्न बाँकी नै छ । तर पनि शाहरुखका लागि यो एउटा ञप तनावको विषय भने पक्कै भएको छ ।

, ,

news and entertainment