अमेरिकामा कपीपेस्ट पत्रकारिता


copyright
काठमाडौ, वैशाख ८ - नेपाली अमेरकिा भासिने क्रम जारी छ, गति अझ द्रुत छ र यो निरन्तर द्रुत गतिमा नै रहिरहनेछ, डीभी चिट्ठा नसकिउन्जेल। यसबाहेक अनेक बहानाबाजी गरेर र विद्यार्थी भएर आउनेहरू पनि यतै बसेर हरयिो पत्रको खेतीमा तल्लीन छन् वा गैरकानुनी रूपले नै भए पनि यहाँको फलको स्वादमा फसेका छन्। यसरी नै अमेरकिामा नेपालीको संख्या बढिरहेको छ।
बसाइँसराइको यो क्रमले थुप्रै नेपालीपन पनि भित्रिरहेको छ। जस्तो: मःम पसल, मुङलिनमा पाइनेजस्तो तात्तातो भातका होटल, सेलरोटी, अचार, छोइला, कचिला, थुक्पा, चाउचाउ सबै पाइन्छन् यहाँ। त्यति मात्र नभएर रक्सी बेच्न अनुमति नपाएकाहरूले भित्रभित्रै भए पनि नेपाली ग्राहकलाई चिउरा, भटमास, सेकुवा वा समयबजीसँग स्वागत गररिहेका छन्। नेपाली भट्टीको धङधङी धानिरहेका छन्।
नेपालीका लागि 'डि्रमल्यान्ड' जस्तै मानिएको अमेरकिामा दसैँ, तिहार, तीज, जनैपूणिर्मा, नयाँ वर्ष, क्रिसमस, ल्होसार, इद आदि चाडपर्वहरू नेपालमा जस्तै धूमधामले मनाइन्छ। जस्तोसुकै काम भए पनि छुट्टी मिलाएर पनि चाडपर्वका कार्यक्रममा उपस्थितका लागि सबैमा चाहना बढेको छ। यसले नेपालीपन र नेपाली मनहरूलाई मलजल गररिहेको छ। रीतिरविाज र चाडपर्वहरू अमेरकिामै हुर्किएको दोस्रो पुस्ताले पनि पछ्याइरहेको छ, यो हाम्रो पहिचानका लागि निकै महत्त्वपूर्ण छ।
यहाँ के छैन, जुन नेपालमा छ। यहाँ नेपालका सबै पार्टी छन्। त्यसका अध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सदस्य आदि सबै पदासीन छन्। जो पार्टीमा छैनन्, तिनीहरूको संस्था छ, नेपाल फलानो थर संघ, फलानो जाति संघ, फलानो समाज, अझ फलानो जिल्लाको फलानो समाज आदि इत्यादि। यदि तपाईंले न्युयोर्कमा अझ नेपालीको घना बस्ती मानिएको ज्याक्सन हाइट्स, रजिउड, उडसाइड आदि ठाउँहरूतिर गएर कोही नेपाली भेट्नूस्, ऊ कुनै न कुनै संस्थाको सक्रिय पदमा रहेको कुरा सगर्व बताउँछ।
सबै नेपालीले आफ्नो पनलाई आफूसँगै अमेरकिा लिएर आएका छन्। यस क्रममा मिडियाकर्मीहरू पनि झन् किन पछि पर्थे र ! अपवादबाहेक, उनीहरू झन् अरूभन्दा चार कदम अगाडि रहेको भान हुन्छ, कुरा सुन्दा र तालमाल हेर्दा। नेपालमा पत्रकारतिा गररिहेका र कालान्तरमा अनेकन् हिसाबले अमेरकिा भासिएका पत्रकारहरू बाहिरबाट हेर्ने हो भने अरूभन्दा रमाइला र फुर्तीफार्तीका लाग्छन्। जीवन धान्नका लागि नेपाली पाराको पत्रकारतिा गरेर अमेरकिामा सम्भव हुने अनुमान अझैसम्म टाढै छ। अनि गर्नुपर्‍यो, दिनभर काम, शरीरभरि थकान र सुत्ने बेलामा चाहिँ पत्रकारतिा। अमेरकिामा के भइरहेछ, बाल मतलब छैन। नेपालमा के हुनेवाला छ, सतप्रतिशत जानकारी छ। नेपालमा एक जना 'छायाँ सम्पादक', अमेरकिाबाट निस्कने नेपाली पत्रिकामा 'रयिल सम्पादक'। उसलाई सबैले देख्छन्, हिँडडुल गर्छन्, कुरा गर्छन्, पत्रिका निकाल्छन्, विभिन्न सामाजिक कार्यक्रममा भाषण पनि ठोकिहाल्छन्। नेपालमा छायाँ सम्पादकले त्यहाँका विभिन्न दैनिक एवं साप्ताहिक पत्रपत्रिकाबाट समसामयिक एवं रोचक खबरहरूको 'कपीपेस्ट' गर्छन् र त्यसरी पत्रिका तयार पारेपछि इमेल गरििदन्छन्। अनि, अमेरकिामा नेपाली पत्रिकाले आफ्नो रूप प्रकट गर्छ। एक-दुई स्थानीय समाचारबाहेक सबै समाचार नेपाल सन्दर्भकै हुन्छ। अमेरकिाको समाचार पनि नेपालबाटै रे ! गज्जब छ, अमेरकिाको नेपाली पत्रकारतिा ! 'कपी प|mम नेपाल, पेस्ट इन अमेरकिा' बराबर 'नेपाली पत्रकारतिा इन अमेरकिा'।
- See more at: http://www.ekantipur.com

,

news and entertainment