फेसबुकमा 'गृहमन्त्री बामदेव गौतमलाई गोली हान्नु पर्छ' भन्ने अधिकृत पक्राउ
१७ जेठ, काठमाण्डौ ।
गृहमन्त्री बामदेव गौतमलाई गोली हान्नु पर्छ भनेर फेसबुकमा लेख्ने इलाका प्रशासन कार्यालय लाहानका प्रशासकीय अधिकृत राजुप्रसाद साहलाई प्रहरीले पक्राउ गरेको छ ।
बीरगञ्ज प्रहरीले माथिको आदेशमा साहलाई बीरगञ्जबाट पक्राउ गरिएको बताएको छ । बाराका स्थानीय साहलाई काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ ।
गृहमन्त्री बामदेव गौतमले सडक नियम पालना नगरी रसी नाघेर बाटो काटेको विषयमा नयाँ पत्रिका दैनिकमा छापिएको समाचारमा ' सालेको पिछुवाडाबाट गोली ठोकिदिनुपर्छ' भन्ने कमेन्ट गरेका थिए ।
साहले आफूले स्टेटस लेखेको स्वीकार गर्दै भूल भएको बताएका छन् ।
साहले फेसबुकमा लेखेको कमेन्टसहित स्थानीय पत्रिकाले समाचार प्रकाशित गरेपछि गृहमन्त्रालयले उनीमाथि कारवाही अघि बढाएको बुझिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
