१२ बर्षकै उमेरमा बलात्कृत भएकी हलिउड स्टार
कान फिल्म फेस्टिबल’मा सनसनीपूर्ण खुलासा गर्दै हलिउड स्टार, मोडल तथा टेलिभिजन निर्मात्री पामेला एन्डरसनले आफ्नो १२ बर्षकै उमेरमा बलात्कार भएको जनाएकी छिन् । जीन्दगीका निजी कुराहरु सार्वजनिक गर्दै यी हट स्टारले आफू ६ बर्षको उमेरमा यौन शोषणमा परेको बताइन् ।
आफ्नै साथीका २५ बर्षका दाज्यूले आफूलाई १२ बर्षको उमेरमा बलात्कार गरेको पामेलाले खुलासा गरेकी हुन् । गेम सिकाइदिने भन्दै एकान्तमा लगेर उनले पामेलाको बलात्कार गरेका थिए । उनले यसलगतै आफूलाई ग्याङरेप गरिएको पनि खुलाईन् । स्कुलमा करिब ६ जनामा रहेका यूवाहरुको समहूले आफूलाई ग्याङरेप गरेको उनको भनाई छ । ‘यसपश्चात म मर्न चाहन्थे’, पामेलाले आशु झार्दै भनिन् ।
उनी यतिबेला आफ्नै नाममा खोलिएको एक सामाजिक संस्थामा सक्रिय छिन् ।
