न्यायाधीश चढ्ने कार दुर्घटना

गोरखा–जिल्ला अदालत गोरखाका न्यायधीश चढ्ने बा ९ च २७०७ नम्बरको कार शनिबार बिहान ११ बजे दुर्घटना भएको छ। दुर्घटनामा चालक तोरणबहादुर थापा घाइते भएका छन्। उनको अनुहारमा चोट लागेको छ।

गोरखा नगरपालिका– ७ आहालेमा अदालतको सेवा बारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले आयोजना गरिएको नागरिक सुनुवाई कार्यक्रममा सहभागी अदालतका कर्मचारीलाई पु¥याएर न्यायाधीशलाई लिँन फर्कँदै गर्दा दुर्घटना भएको हो। करिब पाँच मिटर तल खसेर कार पराल राखिएको टौवामा अड्किएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घाइते चालकको गोरखा अस्पतालमा उपचार भइरहेको छ।
nagariknews

,

news and entertainment