सारुख खानलाई टिवइटरले दियो टेन्सन


 काठमाण्डौ, ६ जेठ । बलिउडका किङ खानलाई यतिबेला एकदमै रिस उठेको छ । उनको नाममा टिवइटरमा कसैले फेक एकाउन्ट बनाएर भारतमा बन्न गइरहेका प्रधानमन्त्री नरेन्द्र मोदीप्रति लक्षित गरी लेखेका थिए ।

सारुख खानको नाम दिइएको उक्त टिवइटमा लेखिएको थियो,‘यदि नरेन्द्र मोदी देशका भावी प्रधानमन्त्री बने भने म टिवइटरमात्र होइन भारत नै छोडदिन्छु ।’

सारुखले आफ्नो टिवइटरमा लेखेका छन्,‘यो राम्रो समय हो त्यस्ता फटाहरुलाई भन्नका लागि मैले कुनै त्यस्तो टिवइट नै गरेको छैन । फेक टिवइटलाई साच्चिनै मान्ने हो भने मेरो भन्नु केही पनि छैन ।’

रिसले भरिएको उक्त टिवइट ३५२९ पटक पुनटिवइट भएको थियो । अरु विवादस्पादमा रहेका टिवइटमा मोदी सरकारमा आए सबै खानले भारत छोड्ने हल्लाले बलिउडमा खल्लीबल्ली नै मच्चिएको थियो । 

watch video

,

news and entertainment