फेसबुकले हट नायिका सुष्माको कन्सिरी तताएपछि…

जेठ १९ काठमाडौं । नायिका सुष्मा कार्की नक्कली फेसबुक पेजका कारण हैरानीमा परेकी छिन् । आफ्नो नाममा खोलेको फेसबुक पेजबाट पछिल्लो समयमा आपत्तिजनक सामग्रीहरु पोष्ट भएको थाहा पाएपछि उनको पारो तातेको हो ।

उनले आफूले व्यस्तताका कारण फेसबुक खोल्न नै नपाएपनि आफ्ना नाममा खोलिएका पेजका कारण कन्सिरी तातेको बताइन् ।

उनले भनिन्, ‘मेरो नाममा चार/पाँचवटा फेसबुक पेज खोलिएको रहेछ, मेरो नाममा नक्कली पेज खोलेर जथाभावी पोष्ट भइरहेको सुन्दा कन्सिरी तातेको छ ।’

सुष्मा कार्कीको नाममा खुलेको एउटा पेजमा झण्डै डेढ लाखले लाइक गरेका छन् । त्यसमा पछिल्लो समयमा पोष्ट गरिएको मेरो जीवनसाथी फिल्मको तस्वीरमा धेरैले गाली गरेर कमेन्ट लेखेका छन् ।

त्यसमा थुप्रै अश्लील कमेन्ट र नग्न तस्वीरहरु समेत छन् । उनले आफूले चलाउने सक्कली फेसबुकमा चिरपरिचत सिमित साथी रहेको र आफूले हम्मेसी स्ट्याटस र फोटो समेत अपलोड नगर्ने र यसरी जथाभावी गर्नेलाई कारबाही गराएरै छाड्ने बताइन् ।

, , ,

news and entertainment