जिया खानकी आमा छोरी हत्याको छानविनका लागि बेलायतको विदेशमन्त्रालयमा


रहस्यमय अवस्थामा मृत फेला परेकी बलिउड अभिनेत्री जिया खानकी आमा राबियाले जियाको मृत्युका विषयमा छानविन गर्न माग गर्दै बेलायती पुलसमा समेत उजुरी दिएकी छिन् । २५ वर्पीय जिया गत गर्षको जूनमा मुम्बइस्थित आपार्टमेन्टमा मृत फेला परेकी थिइन् । उनको मृत्यु सामान्य नरहेको र त्यसका लागि जियाका प्रेमी सुरज पन्चोली जिम्मेवार रहेको रावियाको दावी छ ।

जियाको मृत्यु भएको वार्षिकीका अवसरमा मंगलबार बेलायतको चेल्सीमा आयोजित स्मृति सभामा जियाकी आमा राबियाले मृत्युका विषयमा छानविन गरेर न्याय दिलाउन बेलायती विदेशमन्त्री विलियम हेगलाई समेत आह्वान  गरिन् । त्यसैगरी उनले बेलायती प्रहरीलाई पनि यस विषयमा छानविन गर्न आग्रह गरेकी छिन् ।

अहिले जियाको मृत्यु सम्बन्धी मुद्धा मुम्बाइको हाइकोर्टमा चलिरहेको छ ।
यस अघि रावियाले तत्कालीन भारतका लागि अमेरिकी राजदुत न्यान्सी पवेलसँग भेटेर यस विषयमा अमेरकी गुप्तचर निकाय एफबिआइबाट जाँच गराउन माग गरेकी थिइन् । भारतीय अधिकारीहरुले अनुमति दिए एफबीआइ त्यसो गर्न तयार रहेको जवाफ उनले पाएकी थिइन् । रावियाले आफ्नी छोरीले आत्महत्या गर्नै नसक्ने र जियासँग जिउनका लागि धेरै कारण रहेको दावी गर्दै आएकी छिन् ।
जिया अमेरिकाको न्यूयोर्कमा जन्मेकी थिइन् भने २ वर्षकी हुँदा लण्डन गएकी थिइन् । आमाले तत्कालीन भारतीय मूलका अमेरिकी पितासँग सम्बन्ध विच्छेद गरेपछि जियाका २ बहिनी चेल्सीमा हुर्केका थिए ।

सन् २००१ मा रामगोपाल बर्माले बनाएको नशिव भन्ने चलचित्रबाट बलिउड प्रवेश गरेकी जिया सन् २०१० मा आमिर खानको गजिनीमा पनि सहायक भुमिकामा देखिएकी थिइन् ।

करियरमा सफल बन्दै गएकी जिया बलिउडका नामुद कलाकार आदित्य पन्चोलीका छोरा सुरज पन्चोलीसँग नजिकिइन् र उनीहरु प्रेम सम्बन्धमा रहेको बताइन्छ ।

जियाले सुरजसँगको सम्बन्धमा आएको तनावकै कारण आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
मर्ने बेलामा जियाले आफू प्रेमीका कारण विच्छिप्त भएको कुरा नोटमा लेखेकी थिइन् ।
त्यस लगत्तै मुम्बइ प्रहरीले सुरजलाई पक्राउ गरेको थियो । २३ दिन सम्म हिरासतमा विताएका सुरज जमानतमा रिहा भएका छन् ।

तर जियाकी आमा रावियाले भने सुरज आफ्नी छोरीको मृत्युका लागि जिम्मेवार रहेको भन्दै छानविन माग गरिरहेकी छिन् ।
एजेन्सीको सहयोगमा ।

, ,

news and entertainment