दूईतिहाई कन्सल्ट्यान्सी अवैध

२२ जेठ, काठमाडौ. ।
शिक्षा मन्त्रालयले २ वर्षअघि निर्देशिका जारी गरेर अनिवार्य रुपमा शैक्षिक परामर्श संस्था (कन्सल्ट्यान्सी) दर्ता गर्नुपर्ने व्यवस्था गरे पनि दुईतिहाई दर्ताबिना नै सञ्चालन भइरहेका छन् ।
 मन्त्रालयले दर्ताका लगि पटकपटक सूच्ना प्रकाशित गर्दा पनि कन्सल्ट्यान्सीले बेवास्ता गर्दै आएका छन् ।
मन्त्रालयले कन्सल्ट्यान्सी दर्ता गर्न जेठ १ गतेदेखि २१ गतेसम्म दिएको समयसीमा सकिएको छ । तर, देशभर करिब १ हजार कन्सल्ट्यान्सी भए पनि अहिलेसम्म मन्त्रालयमा ३ सय ८४ मात्र दर्ता छन् ।
सरकारले कन्सल्ट्यान्सी व्यवस्थित गर्न शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका ०६८ ल्याएको थियो ।
निर्देशिकाअनुसार कन्सल्ट्यान्सी कम्पनी रजिष्ट्रारको कार्यालय तथा शिक्षा मन्त्रालय दुवै ठाउँमा अनिवार्य रुपमा दर्ता हुनुपर्छ । दर्ता नगरी सञ्चालन गरे खारेज हुने व्यवस्था छ । आजको कारोबारमा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment