मिर्गौला रोगीको अब निःशुल्क पिसाब परीक्षण

२२ जेठ, काठमाडौं । सरकाले निकट भविष्यमा मिर्गौला बिरामीले लागि निःशुल्क पिसाब परीक्षणको व्यवस्था मिलाउने भएको छ । पिसाबको परीक्षणबाट प्रोटिन र सुगरको मात्रा पत्ता लगाएर मिर्गौलामा संक्रमण छ/छैन भनी पहिचान गर्न यस्तो व्यवस्था ल्याउन लागिएको हो ।

स्वास्थय तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्षदेखि नमुना कार्यक्रममा रुपमा देशका १५ जिल्लामा सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा निःशुल्क परीक्षण सेवा उपल्वध गराउने कार्यक्रम तयार गरेको हो ।

नमुना कार्यक्रम लागू हुन् जिल्लाहरु तय नभइसके पनि कार्यक्रम लागू हुने जिल्लाका ४ वर्षमाथिका प्रत्येक नागरिकले अनिवार्य पिसाब परिक्षण गराउनुपर्ने गरी कार्यक्रमको मस्यौदा तयार पारिसकिएको विपन्न नागरिक कोष सचिवालयका प्रमुख तथा स्वास्थ्य विभाग व्यवस्थापन महाशाखाका निर्देशक  डा भीम आचार्यले बताए ।

सो पिसाब जाँच कार्यक्रमबाट मिर्गौलामा संक्रमण भए नभएको लक्षणको प्रारम्भिक अवस्था थाहा पाउन सकिने उनको भनाई छ । आजको राजधानी दैनिक मा खबर छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्

,

news and entertainment