के सुदर्शनले छुँदा रेखाको वदनाम होला ?(भिडियो)
के सुदर्शनले छुँदा रेखाको वदनाम होला ?(भिडियो)
सुदर्शन गौतम नायिका रेखा थापाका नयाँ हिरो हुन् । उनी चलचित्र ‘हिम्मतवाली’का मात्र नभएर रेखाको वास्तविक जीवनकै हिरो हुन् भन्दा फरक नपर्ला । रेखा र सुदर्शनविच प्रेम सम्बन्ध छ भन्ने कुरा सार्वजनिक भैसकेको छ ।
उनै सुदर्शनलाई रेखाले हिरो बनाएको चलचित्र ‘हिम्मतवाली’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीले छोएर म’ बोलको गीतमा राजेशपायल राई र मनिषा पोख्रेलको आवाज छ । चलचित्रको यो गीतमा एकनारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत छ । चलचित्रको निर्मात्री, नायिका तथा निर्देशक स्वयंम रेखा थापा नै हुन् ।
गीतमा कमल राइले नृत्य निर्देशन गरेका छन् । फुलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको यो सिनेमामा रेखाको एक्सन हेर्न पाइनेछ ।