रमेश खरेल जर्मनीतिर !
२ असार, काठमाडौं ।
प्रहरी प्रशासनभित्र ब्रिफकेस बुझाएर बढुवाका लागि धाउने अधिकृतका बिषयमा सार्वजनिक अभिव्यक्ति दिएपछि प्रधान कार्यालय तानिएका एसएसपी रमेश खरेल विदा लिएर कता गए होलान् ? धेरैको प्रश्न यही छ । विभागीय मन्त्रीसँग टक्कर गर्न खोजेका उनै खरेल आफ्नो विवादास्पद अभिव्यक्तिपछि प्रहरी प्रधान कार्यालयले हाजिर गराउन खोजेपछि उनी विदा बसेका थिए ।

सामाजिक सञ्जाल र मिडियामा खुवै छाउने खरेल आज विहानैदेखि फेरि चर्चामा आएका छन् । कारण हो, उनको एउटा तस्वीर सार्वजनिक हुनु । विदा बसेका उनलाई आम फुटवलप्रेमी जस्तै फुटवलले धपक्कै छोएको रहेछ । अनि उनी त रहेछन्, आज राति पोर्चुगलसँग भिड्न लागेको जर्मनीका समर्थक, उनले जर्मनीको आकर्षक जर्सी लगाएको फोटो सार्वजनिक भएको छ ।
सो फोटोमा रमेशसंगै उहांकी पत्नी रन्जु चाँही ब्रजिलको समर्थक रहिछिन् । विभागीय मन्त्रीसंग टक्कर गरिरहेका खरेलको विश्वकप फुटवलमा पनि त्यस्तै प्रतिस्पर्धा हुनेरहेछ । श्रीमान् जर्मनी र श्रीमति ब्रजिल । वाह् ! कस्तो प्रतिस्पर्धा ? छुटिमा बसेका खरेल फुटवलमा पो रमाइरहेका छन् । उनको विदा विश्वकप सकेपछि सिधिने हो की के हो, थाहा भएको छैन ।