प्रधानमन्त्रीको चीन भ्रमणले अन्तराष्ट्रिय बेइज्जत’–प्रतिपक्षी दल

२१ जेठ, काठमाडौं ।
एकीकृत माओवादी र अन्य प्रतिपक्षी दलले अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक आज पनि चल्न सकेन । चुनावमा भएको धाँधली छानबिन आयोग गठन, बजेट रकमान्तर रोक्नुपर्ने र उच्चस्तरीय राजनीतिक समिति गठन गर्नुपर्ने माग राख्दै प्रतिपक्षी दलले चार दिन संसद अवरुद्ध गरिसकेका छन् ।

बैठकको शुरुवात्मा बोल्दै एमाओवादी सभासद् अग्नीप्रसाद सापकोटाले संसद् अवरुद्ध भएका बेला प्रधानमन्त्री सुशील कोइराला विदेश भ्रमणमा जान लागेको भन्दै आपत्ति जनाए । उनले अन्तराष्ट्रिय बेइज्जत हुंदा पनि प्रधानमन्त्री जिम्मेवार नभएको आरोप लगाए । संसद् बैठक जेठ २५ गतेसम्मलाई स्थगित भएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

news and entertainment