बदमास दिपके बाट कसरी भए हाँस्य कलाकार दिपक राज गिरी (अन्तरंग कुराकानी)

श्यामसुन्दर गिरी,
२०७१ जेष्ठ २१ ,काठमाण्डौ
४२ वर्ष पहिले काठमाण्डौको दहचोक गाबिसमा जन्मिएका हाँस्य कलाकार दिपक राज गिरी पछिल्लो समयमा नेपाली सेलिब्रेटीको उच्च कोटीको कलाकारको दर्जामा पर्नु हुन्छ । कलाकारितामा निकै संघर्ष गर्दै आएका गिरी नेपाल टेलिभिजनबाट २०६० सालबाट प्रसारणमा आएको हास्य टेलिसिरियल ‘तितो सत्य’बाट राम्रो संग चिनिएका हुन् । एक दर्जन जति फिल्ममा अभिनय गरिसकेका गिरी आफैले निर्माण गरेको पहिलो फिल्म ‘छ एकान छ’ले ब्यबसायिक रुपममा सफल भएपछी दिपकको उचाई अहिले ह्वात्तै बढेको छ । यहि उचाईलाई कायम गर्दै पुन:कमेडी फिल्मलाई स्थान दिदै नया फिल्म ‘वार्ड न.६’को तयारिमा रहदै गर्दा कलाकार गिरीको जिन्दगीमा भएका उतार-
चढाब,संघर्ष,दुख:सुखका कुरा र जिबनमा घटेका रमिला पाटोको बिषयमा दिपकले खुलेरै कुरा गरेका छन् ।

      कलाकार मात्र नभएर रेडियो प्रस्तोताको रुपमा पनि अब्बल दिपकले मंगलबार राति रेडियो कान्तिपुरको ‘इन्द्रेणी’ कार्यक्रममा प्रस्तोता मधुसुदन संग आफ्ना जिन्दगीका भोगाईका बारे खुलेर कुरा गरे । एसएलसीमा दुइ पटक सम्म फेल भएका गिरीको भोगाई सुन्दा लाग्छ त्यस्तो ‘बदमास दिपके बाट अहिले कसरी हाँस्य कलाकार दिपक राज गिरी भयो’भनेर सोच्न पनि सकिदैन । उक्त कार्यक्रममा कुरा गर्दै दिपकले भनेका छन् ‘स्कुलले जीवनमा महिनामा ५ दिन मात्रै स्कुल जान्थे,सबै भन्दा ग्राहो लाग्ने बिषय गणित थियो,परिक्षामा हिसाबको कुरा आउदा पिसाब आउने सम्मको अबस्था थियो भने महिनाका २५ दिन जति फिल्म हेर्नको लागि फिल्म हाल धाउने चलन थियो । अझैँ भन्नु पर्दा एकै दिन एउटै फिल्म ३ पटक सम्म हेर्ने गरेको बताउछन् । एक सो सकिएपछि टिकट चेक गर्न आउने बेला सिट मुनि लुकेर बस्ने गरेर पनि फिल्म हेरेको सम्झना सुनाउछन् । दिपक पत्नी मेनुका सँग स्कुले जीवनमा नै आफ्नो जात बाहिरको संग गाढा प्रेम रहेको तर जातीयताका कारण उनि संग बिहे हुन नसकेको बताउदै १७ बर्षको उमेरमा मागी बिहे गरेको थिए ।
   
 बिबाह पूर्व गाउकै सबै भन्दा बदमास भएको दिपक आफैले स्वीकारेका छन् र भन्छन त्यति बेला मा अतिनै बदमास भएकाले गाउँ घरमा अरुले आफ्नो छोरोलाई उदाहरण दिदा ‘त दिपके जस्तो बदमास चाही 


नभएस’भन्थे जुन कुरा सम्झदा अहिले पनि निकै हासो लाग्छ । तर समयको लिला भने झैँ बिबाह पछी आफु सत्कर्म पट्टि लागे । मलाई श्रीमतीले पनि सहि बाटोमा ल्याउन सहयोग गरिन् । अब भने बल्ल बदमास दिपके सहि बाटोमा आए प्रहरीको असइको जागिर छोडे,कलाकारिताको भुतले त डेरा जमाएकै थियो त्यसपछि रेडियो नेपालमा ठक्कर खान पुगे ‘मेरो कलाकारिता नै रेडियो नेपाल बाट सुरु भयो’,रेडियोमा नाटक गरे ।
                   रेडियो र नेपाल टेलिभिजन नजिकै भएकाले टेलिभिजन तिर पनि आउने जाने क्रमले व्यापकता पाउन थाल्यो । रेडियो नाटक जारी नै थियो त्यसै समयमा दिपाश्री संग भेट भयो चिनजान भयो त्यस पछी ‘राम विलास धनिया’कार्यक्रम बाट एकसाथ सरू भएको कला यात्रा अझै पनि यी दुइको प्रगाढ नै छ र त आज दिपा दिपक एक अर्काका परिपुरक बनेका छन् । कार्यक्रममा दिपक र दिपा रेडियोको कार्यक्रम संगै टेलिभिजन प्रति झुकाब दिपकको बढ्दै गयो । अब उनलाई टेलिभिजनमा अनुहार देखाउने रहरले सताउन थाल्यो त आट मा पुर्याउछु भने झैँ २०६० सालबाट नेपाल टेलिभिजनमा हास्य टेलिसिरियल ‘तितो सत्य’प्रसारण गर्न सफल भए ।
      
            यस क्रममा संघर्षको गाथा सुनाउदै दिपक भन्छन निकै दुख गरेको थिए त्यति बेला हास्य कार्यक्रम चाहिन्छ भन्नेमा टेलिभिजन ब्यबस्थापनले चासो दिएको थिएन दिपा र मैले ६ भाग शृंखला बनाएर हाकिमलाई बुझाउदा पनि वास्तै गरेनन् । पछी पछी उहाहरुले बुझ्दै जानु भयो शृंखला हेर्नु भयो अनि ‘ल ठिकै छ नि त हेरौ यिनीहरुको कार्यक्रम कस्तो हुन्छ’भनेर प्रसारण स्वीकृत दिएको सम्झदै त्यो पहिलो शृंखला प्रसारण हुदा जीवनमा ठुलो एवार्ड जितेको अनुभूति भएको थियो । अब भने दिपकको जीवनमा बहार छाउन थाल्यो,सुख मिल्न थाल्यो,टेलिभिजनमा कार्यक्रम आउन थाले पछी गाउँ घरका छिमेकीहरु जसले पहिले ‘बदमास दिपके’भन्नेहरुको हेराइमा परिबर्तन आउन थाल्यो र गाउँ घरमा सम्मानित शब्दले बोलाउन थाले ‘दिपक बाबु’ र ‘दिपक जी’ । पछिल्लो समयमा दिपा र दिपकको जोडी कलाकारितामा चर्चित जोडीको रुपमा छ । प्रया हरेक कार्यक्रममा यी जोडीलाई देख्न पाइन्छ । आफ्नै श्रीमान सरह सार्बजनिक कार्यक्रममा नै दिपकलाई हात समातेर दिपा हिड्छिन् ।
              
               दिपक परिवार भएको कलाकार अनि दिपा अझै पनि अबिबाहित कलाकार कलाकारिता र मिडियामा यस किसिमको व्यवहार बाट यी दुइ बीच केहि गडबड अबश्य छ भन्नेहरुले हचुवाको भरमा दिपा-दिपक त यस्ता छन् है भनेर बिगुल फुक्दै हिड्नु पनि स्वभाविक नै हो । यसै क्रममा दीपा संगको सम्बन्धका बारे दिपकले निकै घुमाउरो तरिकाले जवाफ दिन्छन्‘यो सम्बन्धको बारे कुरा गर्दा मलाई जहिले पनि नारायण गोपालको गीत याद आउछ भन्दै सो गित गुन्गुनाउछन् र भन्छन प्रेमलाई कस्तो किसिमले लिने हो व्यक्ति बिशेषमा भर पर्छ कुनै पनि कुराको सकरात्मक र नकारात्मक पाटो हुन्छन तर म जहिले पनि सकरात्मक तरिकाले सोच्छु ।’दिपकको यस्तो किसिमको अभिबक्ति बाट सम्बन्ध अझै प्रस्ट हुदैन ।
          
              अब मुख्य बिषयमा दिपक संग कुरा गर्नुपर्छ भन्ने प्रस्तोताको पनि सोच होला त्यसैले सोध्दै थिए-त्यस्तो बदमास दिपके बाट अहिले सफल कलाकार बन्नुको मुख्य कारण के त ? प्रश्नको जवाफमा दिपक भन्छन कुनै पनि कुरामा सफल हुनाका लागि काम प्रतिको निरन्तरता नै मुख्य बिषय हो । ड्राइभर बन्नका लागि पनि त सहचालकको काममा निरन्तरता दिनै पर्छ तब पो दक्ष ड्राइभर बन्न सकिन्छ भन्दै आफ्नो जीवनले कोल्टे फेर्नुको कारण भनेको पहिलो बिबाह,दोस्रो प्रहरीको जागिर छोड्नु,तेस्रो रेडियो नेपाल पुग्नु,त्यस्तै २०६० सालबाट ‘तितो सत्य’प्रसारण हुनु र अहिले आएर ‘छ एकान छ’निर्माण गर्नु यी नै हुन् दिपकराजको लाइफको टर्निङ पोइन्ट । जिन्दगीका बारे अत्यन्त कठिन चिज जसको खास तरिकाले परिभाषित गर्नै सकिदैन भन्ने हाँस्य कलाकार दिपक राज दिपके बाट जुन किसिमको संघर्सबाट दिपक राज गिरी बने यसैको परिणाम स्वरूप आज उनि उच्च कोटीको सेलिब्रेटीको दर्जामा छन् ।

via filmybazar भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment