कतारमा नेपालीलाई मृत्युदण्ड
काठमाडौं,असार२–नेपालीकै हत्या गरेको अभियोगमा एक नेपालीलाई कतारस्थित तल्लो अदालतले मृत्युदण्ड सुनाएको छ।
फौजदारी मुद्दाको प्रारम्भिक सुनुवाइ गर्ने क्रिमिनल कोर्टले मार्च ३१ मा पौबही गौढ–१, स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्ड तोकेको हो ।
सन् २०१२ अक्टोबर २० मा जलेश्वर(१३ महोत्तरीका मोहम्मद ईर्शाद अन्सारीको उनले हत्या गरेको अदालतको ठहर छ। ‘मृत्यु दण्डको फैसलाबारे हामीलाई जानकारी आएको छ,’ नेपाली कार्यबाहक राजदूत गणेशप्रसाद ढकालले भने, ‘यसबारे हामीले परराष्ट्र मन्त्रालयलाई अवगत गराइसकेका छौ।’
कार्कीले भने माथिल्लो अदालतमा पुनरावेदन गरिसकेका छन्। ढकालका अनुसार अभियुक्त र हत्या गरिएका दुबै व्यक्ति नेपाली भएकाले परिवारबीच सहमति भए मृत्युदण्ड कार्यान्वयनबाट जोगाउन सकिन्छ। ‘मेलमिलाप पहल पनि सुरु गरिसकेका छौ’उनले भने ।
कतारको कानूननमा पीडित परिवारले पीडक पक्षले दिएको व्लड मनी स्वीकारे अदालतले माफी दिन सक्छ । यहाँ व्लडमनी बापत ५२ लाख रुपैयाँ दिने चलन छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।