वीरेन्द्रको परिवारको चलअचल सम्पत्ति सार्वजनिक

१ असार, काठमाडौं ।  तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र परिवारको चल अचल सम्पत्ति नेपाल ट्रस्टले आज सार्वजनिक गरेको छ ।

MeroLegacy - king birendra
आज आयोजित पत्रकार सम्मेलनमा ट्रस्टका सचिव श्रीधर गौतमले वीरेन्द्रको परिवारको नाउँमा नेपाल र विदेशमा ठूलो धनराशि हुनुपर्ने जनअपेक्षाअनुसार त्यस्तो सम्पत्ति नभएको बताउँदै हालसम्म चल सम्पत्तिका रुपमा स्वदेशमा नगण्य रुपमा मात्रै रकम मात्र प्राप्त भएको र बैंक तथा होटल र नेपाल औद्योगिक विकास निगमको केही सेयर फेला परेको जानकारी दिए ।  

वीरेन्द्रको परिवारको नाउँमा चल सम्पत्तिका रुपमा स्वदेशमा करिब चार हजार ५४५ बेलायती पाउन्ड र १० हजार नेपाली रुपैयाँ मात्र प्राप्त भएको, नविल बैंक लि को एक लाख ४४ हजार ४७२ कित्ता, नेपाल औद्योगिक विकास निगमको छ हजार ७५० कित्ता तथा होटल अन्नपूर्णको ३० हजार ७२० कित्ता सेयर प्राप्त भएको उनले उल्लेख गरे ।

विसं २०६४ देखि २०७१ वैशाखसम्म भाडाबाट करिब २४ करोड ७९ लाख उठेको रकम ट्रस्टको कोषमा रहेको र सम्पत्ति खोजबिनकै क्रममा काठमाडौँ दरबारमार्गस्थित होटल अन्नपूर्णको गत जेठ २८ गतेसम्म १५ हजार ३६८ कित्ता सेयर तथा सो सेयरबापतको  कबिर रु दुई लाख ३० हजार नगद लाभांश प्राप्त भएको उल्लेख छ । यसैगरी अचल सम्पत्तिको हकमा गत वर्ष करिब छ हजार २४४ रोपनी जग्गा प्राप्त भएको र सोमध्ये पोखरा, चितवन, काठमाडौँ, हेटौंडा आदि ठाउँमा बङ्गला तथा भवन संरचना  छ ।

सचिव गौतमले सम्पत्ति खोजबिनका क्रममा यस वर्ष ‘सघन सम्पत्ति खोजबिन कार्यक्रम’ सञ्चालन गरेर कार्यालयबाटै चार/पाँच जना कर्मचारी खटाई धादिङ जिल्लामा करिब १५ हजार १०१ रोपनी, नुवाकोटमा करिब १७२ रोपनी दुई आना , काठमाडौँमा करिब ११ हजार ३२५ रोपनी तथा सिन्धुपाल्चोकमा करिब २७ रोपनी गरी करिब २६ हजार ६२६ रोपनी जग्गा फेला परेको बताए ।

,

news and entertainment