वामदेवले आठ दिनपछि भने–डोरी नाघेर मैले गल्ती गरे

काठमाडौं,जेठ२०–उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सडकको डोरी नाघेको एक सातापछि पहिलो प्रतिक्रिया दिएका छन्। पत्रिकामा र सामाजिक संजालमा व्यापक विरोध भएको तस्बिर हेरेपछि गृहमन्त्री आफैँले भनेका छन्,‘मेरो उक्त कार्य तत्कालिन सन्दर्भमा अलग गरेर हर्ने हो भने शोभनीय भएनकी भन्ने कुरा मैले पनि महसुस गरेको छु’ नयाँ पत्रिका दैनिकमा खबर छ । उनले आफ्नो सवारी सम्बन्धी नियम नियम उल्लंघ10313992_10152235163803737_3414452114495920838_nन गर्ने उद्देश्य नराखेको स्प्रष्ट पार्दे सो कार्यबाट सवारी आवागमनमा कुनै किसिमको असुविधा नपुगेको दाबी गरेका छन्। उपप्रधानमन्त्री गौतमले सो घटनाका सवालमा विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा आएका प्रतिक्रियामा आफ्नो गम्भीर ध्यान आकृष्ट भएको जनाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । गौतमले सो दिन आफू काठमाडौं क्षेत्र नम्बर २ को उपनिर्वाचनको उमेद्वारी दर्ता गर्न जाने क्रममा एमालेका नेता कार्यकर्तासहितको जुलुस रत्नपार्कमा पुगेको र सो जुलुसका कारण यातायात अवरुद्ध भएकाले चाँडै सो स्थानमा पुग्न बाटो काट्न पुगेको स्पष्टोक्ति दिएका छन्।

,

news and entertainment