बस दुर्घटनामा परी मृत्युको संख्या १७ पुग्यो.....
२० जेठ, प्युठान । प्युठानमा भएको बस दुर्घटनामा परी ज्यान गुमाउनेको संंख्या १७ पुगेको छ ।
भारतीय तीर्थयात्री लिएर फर्कंदै गरेको बस सोमबा प्यूठानको गोठिवाङ-१ लामाचौरमा दुर्घटना भएको थियो ।
दुर्घटनामा ९ जनाको घटना स्थलमै मृत्यु भएको हो थियो भने २ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
उपचारका क्रममा ५ जनाको जिल्ला अस्पताल विजुवार र १ जनाको बुटवलमा मृत्यु भएको हो ।
१५ वटा शवहरुलाई जिल्ला अस्पतालमा राखिएको छ ।
एउटा शव गाडिमै च्यापिएको छ । उद्दारका क्रममा बेलुका साँझ परेकाले सो शवलाई आजमात्र निकालिएको छ । मृत्तकहरुको कसैको पनि परिचय खुल्न सकेको छैन ।
दुर्घटनामा घाइते ४९ जनालाई प्यूठान अस्पतालले रिफर गरिसकेको छ । अहिले जिल्ला अस्पतालमा ८ जना घाइतेको उपचार भैरहेको छ । घाइतेहरुको अवस्था गम्भिर रहेको अस्पतालका डा.फणिन्द्र बरालले जानकारी दिए ।
भिंगृदेखी कृष्णनगर जाँदै गरेको पश्चिम नेपाल यातायात व्यवसायी समितिको लु १ ख ३८०३ नम्वरको बस सडकबाट करिव सय मिटर तल माडि खोला छेउमा खसेको थियो ।
भारतीय तिर्थयात्रीहरु कृष्णनगरबाट सोमबार नै स्वर्गद्धारी पुगी फर्किएका हुन् । कृष्णनगरबाट भिंगृ आएको सोहि बस यात्रुको चापले सोमवार नै कृष्णनगरका लागि फर्किएको हो ।