महिला पर्वतारोही टोली डेनाली आरोहण गर्न प्रस्थान

काठमाडौंँ, जेठ १९– विश्वका सातै वटा महादेशका सर्वोच्च हिमशिखर आरोहण अभियानमा रहेको प्रथम समावेशी महिला पर्वतारोही टोली पाँच महादेशको सफलतापछि उत्तर अमेरिकी सर्वोच्च हिमशिखर आरोहण गर्न आज बिहान संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान ग¥यो । टोलीले अङ्ग्रेजी जुन महिनाको दोस्रो सातामा उत्तर अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल डेनाली ( छ हजार १९५ मि) आरोहण गर्ने लक्ष्य रहेको टोली संयोजक शैली बस्नेतबाट थाहा भएको छ । टोलीमा बस्नेतका साथै चुनु श्रेष्ठ, आशाकुमारी सिंह, पेमाडिकी शेर्पा,निम्डोमा शेर्पा, पुजन आचार्य र माया गुरुङ रहेका छन् । डेनाली आरोहणका लागि नेपाल पर्वतारोहण सङ्घ, गोल्छा अर्गनाइजेसन, पञ्चकन्या समूह, फूलकुमारी महतो स्मृति गुठीलगायतको सहयोग रहेको बताइएको छ । महिला शिक्षा, सशक्तीकरण र वातावरण संरक्षणप्रति समर्पित उक्त महिला पर्वतारोही टोलीले अभियानकाdownload (2) क्रममा यसअघि एसिया महादेशका साथै नेपालको सगरमाथा, अस्ट्रेलियाको कोजिअस्को, युरोपको इल्ब्रुस, अफ्रिकाको किलिमञ्जरो र दक्षिण अमेरिकी महादेशको अकोन्कागुवाको सफल आरोहण गरिसकेको छ । डेनाली शिखर आरोहणपछि अभियानको अन्तिम गन्तव्य मानववस्तीविहीन अन्टार्टिका महाद्वीपको सबैभन्दा अग्लो चुचुरो भिन्सन मासिफ हुने पनि टोलीबाट थाहा भएको छ

,

news and entertainment