१७ लाख बैंकबाट निकालेर जलाइयो

(एजेन्सी)– पैसा देखेपछि महादेवको पनि तीन नेत्र भन्ने उखान निकै लोकप्रिय छ जसको मतलब पैसामा हरेकको आँखा हुन्छ । पैसा कमाउन मानिसले धेरैथरी गरेको हामीले समाचारमा पढ्न, सुन्न र हेर्न सक्छौँ । हामीलाई एक रुपैँया हराए त चित्त दुख्छ भने कोही मानिसले बैंकबाट निकालेको १७ लाख जलायो भन्ने खबर सुन्दा तपाईंले यसलाई विश्वास गर्नुहुन्न होला । तर पाकिस्तानमा यस्तै भएको छ ।
पाकिस्तानको पञ्जाब प्रान्तको सरकारी बैंकको अगाडि दिदिबहिनी नाहीद (४०) र रुबीना (३५) ले १७ लाख रुपैँया जलाएका छन् । जिल्लाको पुलिस अफिसर अफजल बटका अनुसार दुबै महिलाले पैसा जलाउने तीन दिन अगाडि बिलाल टाउन कस्बैमा अवस्थित नेशनल बैंक अफ पाकिस्तानको चाक नासा शाखाबाट १७ लाख रुपैँया निकाल्नका लागि आए तर प्रक्रियागत समय लाग्ने भएका कारण बैंक म्यानेजरले भोलीपल्ट आउन आग्रह गरे ।
बैंकबाट पैसा पाउने बित्तिकै त्यहाँबाट निस्केर पैसालाई आगो लगाइदिए । प्रतक्षदर्शीका अनुसार वरिपरिका पसले र मानिसहरुले उनीहरुलाई रोक्न कोसिस गर्दा दिदि नाहिदले बन्दुक निकालेर उनीहरुलाई मारिदिने धम्की दिदैँ आफ्नो पैसामा जे पनि गर्न पाउने उनीहरुको अधिकार भएको बताए ।
स्रोतलाई मान्ने हो भने यी दुबै दिदिबहिनीले आफ्नो सबै पैतृक सम्पत्ति बेचेर बैंकमा २८ लाख जम्मा गरेका थिए । उनीहरुको बुवा राजा मोहम्मद इकबालको दुई वर्ष अगाडि रहस्यमयी परिस्थितिमा मृत्यु भएको थियो । दुबै आफ्ना भाइबाट अलग बस्ने गर्दथे । छिमेकीहरुका अनुसार उनीहरु दुबै मानसिक रोगी र अविवाहित छन् ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment