कर्णाली रिभर यातायातका बस तोडफोड
धनगढी, जेठ २२– कर्णाली रिभर यातायात समितिले संचालनमा ल्याएको फ्रि वाईफाई सुविधा सहितको बस संचालन गर्न नपाउने भन्दै सुदूरपश्चिम यातायातका कार्यकर्ताले बस ताडफोड गरेका छन् । बुधबार राती सुदूरपश्चिम यातायातका कार्यकर्ताहरुले कर्णली रिभर यातायातको धनगढी बसपार्कमा पार्कीङ्ग गरि राखेका तिन बस तोडफोड गरेका छन् । उनीहरुले ना५ख २०४४, ना५ख १८२२ र ना५ख १८१८ डिलक्स बस तोडफोड गरेका हुन् । कर्णाली रिभर यातायातले नया“ बस थप्न नपाउने भन्दै सुदूरपश्चिम यातायातका कार्यकर्ताहरु कर्णाली रिभर यातायातका बस तोडफोड गर्दै आएको छ ।
तोडफोडको तथा आफ्ना समितिका बस बिभिन्न स्थानमा अबरोधको बिरोधमा बिहिबार आज कर्णाली रिभर यातायातले कैलालीमा चक्का जामको घोषणा गरेको छ । आफ्ना बसहरु निर्वाध रुपमा चल्ने बाताबरण नभए सम्म आफ्ना आन्दोलनका कार्यक्रम जारी रहने यातायातका अध्यक्ष धिरज शाहीद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ।
सबै कागजी प्रकृया पुरा गरी बस संचालनमा ल्याउदा पनि प्रहरी प्रशासनले आफ्ना बस संचालनमा सुरक्षा नदिएको आरोप कर्णाली रिभर यातायातले लगाएको छ ।
उता सुदूरपश्चिम यातायातका कार्यकर्ताहरुले कर्णाली रिभरको बसमा तोडफोड गरेपछि आक्रोशित कर्णाली रिभरका कार्यकर्ताहरुले महेन्द्रराजमार्गका बिभिन्न स्थानमा सुदूरपश्चिम यातायाका बस पनि तोडफोड गरेका छन् । दुबै समितिको बिवादले यात्रुले सास्ती बोहोर्नु परेको छ ।
ratopati भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

