रमेश खरेललाई कारबाहीको सिफारिस, प्रमाणबिना बोलेको निष्र्कर्ष


 वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रमेश खरेललाई छानविन गर्न समितिले कारबाहीको सिफारिस गरेको छ ।
प्रमाणविनै प्रहरी संगठनको अनुशासनविपरीत सार्वजनिक रुपमा वक्तव्य दिएको भन्दै उनलाई कारबाहीका लागि सिफारिस भएको हो । प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माको संयोजकत्वको छानविन समितिले सोमबार प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई प्रतिवेदन बुझाउँदै खरेलको गल्ती देखाइएको हो ।
एआइजीमा बढुवा हुन डिआइजीहरु व्रिफकेश बोकेर नेताहरुको घरघरमा पुगेको भन्दै खरेलले विवादास्पद अभिव्यक्ती दिएका थिए । विनाप्रमाण त्यसरी प्रहरी संगठनको प्रतिष्ठामा आँच आउने गरी अभिव्यक्ति दिएको निष्र्कष छानबिन समितिको छ । कारबाहीका सिफारिस भएपछि खरेल मंगलबारदेखि एक महिना बिदामा बसेका छन् ।

,

news and entertainment