अब गोबरबाट निस्कन्छ पिउने पानी
एजेन्सी)–वैज्ञानिकले गाईको गोबरबाट सफा पानी निकाल्ने तरिका पत्ता लगाएको छ । म्याकलानाहन न्यूट्रियन्ट सेपेरेसन सिस्टम नामको यो पद्धतीलाई मिसिगन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले पत्ता लगाएका हुन् । यो पद्धतीबाट गोबरबाट पानी र अन्य रसायनलाई अलग गरिन्छ । यो पूरै प्रणालीमा बाइ प्रोडक्टको रुपमा उर्जा प्रदान हुने गर्दछ । यसबाट निक्लेको पानी पिउन योग्य हुने अनुसन्धानकर्ताहरु बताउँछन् । यो अनुसन्धानसँग जोडिएका स्टिव सफरम्यानका अनुसार यदि कोही मानिससँग एक हजार गाई छन् भने यसले औसतमा एक करोड ग्यालन गोबर दिने गर्दछ । यसमा ९० प्रतिशत पानी हुने गर्दछ तर धेरै मात्रामा थुप्रै तत्व र कार्बन पनि हुने गर्दछ । यदि यसलाई सहि तरिकाले व्यवस्थित गर्न सकिएन भने यसले वातावरणमा नकारात्मक असर पुर्याउने उनीहरु बताउँछन्
