बलात्कार गर्न नपाएपछि टाउकोमा हानियो ६ वटा गोली

(एजेन्सी)–मेघालयको दक्षिण गारो हिल्समा गारो नेशनल लिबरेसन आर्मीको आतंकवादीहरुले हमला गरे र एउटा घरमा छिरेर महिलालाई बलात्कार गर्ने प्रयास गरे । तर जब महिलाले यसको विरोध गरिन् तब उनको बच्चाहरुको अगाडि उनको टाउकोमा ६ वटा गोली हानियो । महिलाको घटनास्थलमै मृत्यु भयो र आतंककारीहरु फरार भए । पुलिसलाई प्राप्त भएको जानकारी अनुसार गत मंगलबार बेलुका ६ बजे ती महिला आफ्नो श्रीमान र बच्चासँग उनको घरमा नै थिइन् । अचानक ४–५ जना आतंककारीहरु उनको घरमा घुसेर उनको श्रीमान र बच्चालाई कोठामा थुनिदिए । त्यसपछि उनीहरुले ती महिलालाई बलात्कार गर्ने प्रयास गरे । प्रयास विफल भएपछि उनलाई टाउको गोली हानी हत्या गरियो । ३५ वर्षीया ती महिलाको बच्चाहरुले आतंककारीहरुले आफ्नी आमामाथि हमrapeला गरेको र गोली लागेर मृत्यु भएको सबै घटना देखेका थिए ।

, ,

news and entertainment