सर्वोच्चका ८ न्यायाधीशलाई गाडी किन्न २१ करोड रकमान्तर

सर्वोच्च अदालत
सर्वोच्च अदालत
काठमाडौं।सरकारले सर्वोच्च अदालतका नवनियुक्त ८ न्यायाधीश र अदालतकै अन्य प्रयोजनका लागि सवारी किन्न २१ करोड ६५ लाख रुपैँयाँ रकमान्तर गरेको छ।
अर्थमन्त्रालयले आर्थिक कार्यविघि ऐन २०५५ को दफा ५५ अनुसार यो रकमान्तर गरेको हो। नयाँ नियुक्ती भएका न्यायाधीशका लागि आवश्यक सवारी साधन नभएको भन्दै सर्वोच्च अदालतले रकम माग गरेपछि अर्थले रकमान्तर गरेको समाचार आजको नागरिकमा छापिएको छ।
उक्त रकम अन्य मन्त्रालय र निकायको शीर्षकबाट सारिएको छ। सर्वोच्चका बहालवाला न्यायाधीशहरु झण्डै ६० लाख रुपैयाँ पर्ने टाटा स्ट्रोम गाडी चढ्दै आएका छन्। यस्तै सर्वोच्चका प्रधानन्याधीश दामोदर शर्माले ६ वटा गाडी प्रयोग गर्दै आएको खबर यसअघि सेतोपाटीले प्रकाशन गरेको थियो ।
सर्वोच्चका अतिरिक्त राष्ट्रपति रामवरण यादवको निम्ति खरिदका लागि २ करोड ५ लाख रुपैयाँ रकमान्तर गरिएको छ। अर्थमन्त्री रामशरण महतले कानुन र मापदण्डअनुसार रकमान्तर गरिएको बताएका छन् ।
- See more at: http://www.hamrakura.com

,

news and entertainment