एआइजी बढुवामा ब्रिफकेश ओसार्ने काम भएकै हो: रमेश खरेल ..

काठमाडौं,जेठ१९–एसएसपी रमेश खरेलले आफूले दिएको अभिव्यक्ति झुटो ठहरिए कारबाही भोग्न तयार रहेको बयान दिएका छन्।

 एकसाता अघि सार्वजनिक कार्यक्रममा खरेलले ‘एआईजीमा बढुवा हुन केही डिआईजी ब्रिफकेस लिएर नेता र मन्त्रीहरुकहाँ धाइरहेका छन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिका विषयमा छानविन गर्न प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिले आइतबार खरेलसँग बयान लिएको थियो। खरेलले आफूले झुटो नबोलेको दाबी गर्दै यसबारे मुख्यालयले आन्तरिक छानबिन गरी पत्ता लगाउनुपर्ने माग गरेका थिए।

 खरेलले आफूले सत्य बोल्दा संगठनले कारबाही गर्न खोजेको भन्दै समितिसँग असन्तुष्टी पोखेका थिए। गृह मन्त्रीको दबाबमा आफूलाई बदनाम गर्न खोजिएको भन्दै खरेलले ‘जजसले पैसा बुझाएका छन्, उनैलाई सोध्नुस्, छानबिन गर्नुहोस्’ भन्ने जवाफ दिएका थिए ।

खरेल अभिव्यक्तिमाथि छानबिन गर्न प्रहरी मुख्यालयले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिले प्रतिवेदन महानिरीक्षक अर्याललाई बुझाउने आजको अन्नपुर्णपोष्टमा खबर छ ।
 प्रतिवेदन बुझाउन आइतबारसम्मको म्याद दिएको थियो। संयोजक शर्माले खरेलसँग बयान सकिए पनि अन्य काम बाँकी रहेकोले सोमबार मात्रै प्रतिवेदन बुझाउने सम्भावना रहेको बताए। बयानका लागि खरेललाई मुख्यालयमा बोलाइएपछि उनले सम्हाल्दै आएको महानगरिय प्रहरी परिसर हनुमान ढोकाको जिम्मेवारी तत्काललाई एसपी नारायण खड्कालाई दिइएको छ।

,

news and entertainment