मलद्वारमा लुकाएको ७५ लाखको सुन अस्पताल पुर्‍याएर यसरि पक्रियो प्रहरीले


त्रिभुवन विमानस्थल प्रहरीलाई बिहीबार राती ८ बजेतिर सुराकी आयो। थाइल्याण्डबाट नयाँदिल्ली हुँदै काठमाडौं आउन लागेका तीन जना भारतीय नागरिकले सुन लुकाएर ल्याएका छन् भन्ने खबर थियो।
 
राती ११ बजेर ४५ मिनेटमा आएको इण्डीगो एयरबाट आएका केहि पेसेन्जरको प्रहरीले विशेष चेकचाँज गर्यो।
 
यतिञ्जेल प्रहरीलाई ती यात्रुको नाम समेत थाहाँ भइसकेको थियो। उनीहरुको लगेज ब्यागेज र शरीर पुरै खानतलासी भयो। तर सुन भेटिएन।
 
उनीहरुलाई राती १ बजे छाडियो। प्रहरीलाई फेरि सुराकीको फोन आयो। सुराकीले उनीहरुसँग सुन रहेको दाबी गर्‍यो।
 
प्रहरीलाई उनीहरुलाई पिछा गर्न विमानस्थलको सिसि टिभीले सहयोग गर्यो। उनीहरुले चढेको ट्याक्सी नम्बर पत्ता लाग्यो। सिनामंगलबाट प्रहरीले उनीहरु तीन जानालाई नियन्त्रणमा लिएर विमानस्थल लगे।
 
उनीहरुले सुन नभएको दाबी गरे। अनुसन्धानमा संलग्न प्रहरी अधिकृत डिएसपी सन्तोष खड्का र विनोद घिमिरेले अस्पताल लाने निर्णय लिए। उनीहरुले आफूहरुसँग तीन/तीन सय ग्राम सुन भएको स्वीकार गरे। उनीहरुको भनाइ खड्का र घिमिरेलाई चित्त बुझेन।
 
सिनामंगलमा रहेको केएमसी (काठमाडौं मेडिकल कलेज) अस्पताल लगियो। एक्सरे गर्ने हेर्ने क्रममा उनीहरुको मलद्वारभित्र २/२ वटा कालो बस्तु देखियो।
 
अस्पतालमा दिशा गराउँदा प्रत्येकको दिशामा २/२ वटा २ ईन्च बराबरको क्याप्सुल निस्किएको। क्याप्सुललाई चेक गराउँदा सुन रहेको प्रमाणित भयो।
 
प्रतिव्यक्ति छ सय ग्राम सुन भेटियो, त्यो पनि मलद्धारमा लुकाएर ल्याएको। भारतीय नागरिक ३२ वर्षीय भरतजर गुडास, २३ वर्षीय पिताम्वर डोडेजा र ३४ वर्षीय गिरिश श्रीचन्द १ हजार ८ सय ग्राम सुनसहित पक्राउ परेको डिएसपी घिमिरेले सेतोपाटीलाई बताए।
 
उनीहरुले मलद्धारभित्र सुन हालेर ल्याएको अवस्थामा पक्राउ गरिएको उनले बताए।
 
प्रहरीले मुचुल्का बनाइ उनीहरुलाई सुन सहित त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ। उक्त सुनको बजार मूल्य ७५ लाख रुपैयाँ भन्दा बढी हुन्छ। 

, , ,

news and entertainment