भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो विदेश भ्रमण भुटान हुने
काठमाण्डौ, २३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीको पदभार सम्हालेपछि पहिलो विदेश भ्रमणका लागि भुटान जाने भएका छन् । जापान, अमेरिका लगाायतका राष्ट्रहरुले मोदीलाई आाफ्नो देशको भ्रमण गर्न निम्तो दिएका थिए ।
तर उनले भुटान भ्रमण गर्न रोजेका छन् । विदेशी राष्ट्रहरुसँग कुटनीतिक तवरले सम्बन्ध सुदृण बनाउनका लागि मोदी वैदेशिक भ्रमणको निम्तो स्विकार्न सुरु गरेका हुन् । भारतीय मिडियाले बताएअनुसार मोदीले भुटानसँग द्धिपक्षिय तथा क्षेत्रिय मुद्धाबारे छलफल गर्नेछन् ।
नरेन्द्र मोदी त्यसपश्चात ब्रिक(ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका शिखर सम्मेलनमा भाग लिने तयारीमा रहेको बताइएको छ । भारतीय मिडियाले दिएको जानकारी अनुसार भुटान भ्रमणका लागि मोदीले तयारी पनि गरेको छन् ।
मोदीको भ्रमणका लागि भारतीय विदेश मन्त्रालयको एक अधिकारीहरुको टोली भुटान जाने पनि पक्का भइसकेको बताइएको छ । आफ्नो सपथ ग्रहणमा सबै सार्क देशहरुलाई निमन्त्रणा दिएका मोदीले सम्बन्ध सुधारका लागि उल्लेखनिय प्रयास गरेको थिए ।

