२३ जेठ, चितवन ।
अधिकांश रेडियाले श्रोतासँग नजिक हुन रेडियोनमा फोन इन कार्यक्रम चलाउँछन् । धेरैले फोन-इन कार्यक्रममार्फत असल साथीसमेत बनाएका हुन्छन् तर, चितवनकी एक युवती भने स्थानीय उक रेडियोमा सञ्चालित फोन-इन कार्यक्रममा आफ्नो व्यक्तिगत नम्बर दिएकै कारण यौन शोषणमा परेकी छिन् ।
ती युवतीले रेडियोमा दिएको मोबाइल नम्बरमार्फत एक युवाले उनलाई साथी बनाए । पछि मित्रता प्रगाढ बनाउँदै उक्त युवकले ती युवतीको यौन शोषण गरेको घटना हालै सार्वजनिक भएको छ ।
यो घटना चिवतन अदालतमा मुद्दा परेपछि सार्वजनिक भएको हो । चितवनको कोराक गाविसका ३७ वर्षीय सागर तामाङ भनिने सिमसोन चेपाङले ती युवतीको यौन शोषण गरेका हुन् ।
घटनाअनससार एक वर्षसम्म दुवैको फोनमा कुराकानी भयो । त्यसपछि चितवन मेडिकल कलेजमा दुवैको भेट भयो । ती युवक बिरामी भएर अस्पताल भर्ना हुँदा युवती भेट्न जान्थिन् । दुवैको सम्वन्ध विस्तारै गाढा बन्दै गयो । ती युवकले बिवाहको प्रस्ताव राखे । श्रीमती बनाउँछु जागिर लगाउँछु र विवाह गर्छु भन्दै यौन शोषणसमेत गरे र त्यसलाई निरन्तरता दिए ।
युवतीले साउनमा मात्र ती युवकले अरु युवतीलाई पनि आफूलाई जस्तै झुटो आश्वासन दिएर यौन शोषण गर्ने गरेको पत्तो पाइन् । उक्त कुरा थाहा पाएपछि उनले जिल्ला अदालतमा ०६९ भदौं ६ गते मुद्दा दायर गरिन् ।
अदालतले ९ महिनापछि मुद्दाको फैसला गर्यो । फैसलाअनुसार ती युकलाई २ वर्ष कैद सजाय सुनाएको छ । आजको कान्तिपुर साप्ताहिकमा खबर छ ।
फोनबाट नक्कली माया गाँस्दा..........
news and entertainment
