पिआर र ग्रिनकार्ड लिनेलाई कारबाही गर्न कांग्रेस मन्त्रीले दिएनन्ःमन्त्री पण्डित
काडमाडौं,जेठ१९– सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले विदेशी नागरिकता, पिआर वा ग्रिनकार्ड लिएका सरकारी कर्मचारीलाई कारबाही गर्ने अभियानमा प्रमुख सत्तारुढ ‘नेपाली कांग्रेसकै केही मन्त्रीले भाँजो हाल्न खोजेको’ खुलासा गरेका छन् ।
त्यस्ता कर्मचारीलाई कारबाही गर्ने व्यवस्थासहितको निजामती सेवा ऐन चौथों संशोधन प्रस्ताव आफूले एक महिनाअघि मन्त्रिपरिषद् पठाएपनि कांग्रेसका अधिकांश मन्त्रीले तिनै कर्मचारीको पक्षपोषणन गर्दै ऐन अघि बढ्न नदिएको मन्त्री पण्डितले आरोप लगाएको नागरिकमा खबर छ । ।
‘कांग्रेसका केही मन्त्री, जसले आफैं विदेशी पिआर लिएको वा श्रीमती र परिवारलाई विदेशमा राखेको भन्ने शंका गरिन्छ, उनीहरुले नै लफडा गरेपछि ऐन विधेयक समितिमा फिर्ता गरिएको छ,ु मन्त्री पण्डितले भने, ुमन्त्रिपरिषद्मा उहाँहरुले अमेरिकी नागरिक लण्डनको मेयर बन्न सक्ने, इजरायलको प्रधानमन्त्री बन्न सक्ने, समाज विश्वब्यापी भइसक्यो, किन राष्ट्रियता चाहियो भन्ने तर्क गरेर ऐन पास हुन दिनुभएन।ु
ratopati

